birat ribon

प्रचण्ड–नेपाल समूहले ओलीलाई अनुशासनको कारवाही गरेको निर्णय निवार्चन आयोगमा बुझायो

Neuro
प्रचण्ड–नेपाल समूहले ओलीलाई अनुशासनको कारवाही गरेको निर्णय निवार्चन आयोगमा बुझायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मङ्गलबारको केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णयहरू निर्वाचन आयोगमा बुझाएको छ ।

cura insider

प्रचण्ड–माधव समूहको मङ्गलबार बसेको केन्द्रीय कमिटीको निर्णयबाट अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गरेको निर्णय लिएर नेताहरू बुधबार आयोग पुगेका हुन् ।

नेताहरूले केन्द्रीय कमिटीका बहुमत सदस्यहरूको हस्ताक्षरसहित बैठकका निर्णयहरू आयोगमा बुझाएका छन् ।

नेकपाका नेता सुरेन्द्र पाण्डेलगायतका नेताहरू निर्वाचन आयोग पुगेर अध्यक्ष ओलीलाई अध्यक्षबाट निष्काशन गरी वरिष्ठ नेता नेपाललाई अध्यक्ष चयन गरेको निर्णय आयोगमा पेश गरेको हो ।

केन्द्रीय कमिटीका निर्णयहरू आयोगमा पेश गरेपछि पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै नेता पाण्डेले दुई सय ८७ जनाको बैठकमा उपस्थित भएर निर्णय गरेको हस्ताक्षर र तीन जना उपस्थित हुन नसकेको निवेदनसहित दुई सय ९० जनाको हस्ताक्षरसहितको निर्णय आयोगमा बुझाएको बताए ।

तत्कालीन नेकपा एमाले र एकीकृत माओवादीबीचको एकतापछि कायम भएको चार सय ४१ केन्द्रीय कमिटी र पछि थप भएका चार जनासहित चार सय ४५ जना नै केन्द्रीय सदस्यहरूको अन्तिम नामावली भएको बताए ।

jackson ribon