birat ribon

स्थगित बि डिभिजन लिग दुई महिनापछि सञ्चालन गरिने

Neuro
स्थगित बि डिभिजन लिग दुई महिनापछि सञ्चालन गरिने

विराटनगर । गत वर्ष कोरोना भाइरस महामारीका कारण रोकिएको बि डिभिजन लिग दुई महिनापछि पुनः सञ्चालन गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी २३ फेब्रुअरीदेखि रोकिएको बि डिभिजन सञ्चालन गर्ने विषयमा छलफल गरेको थियो । बुधबार एन्फाले बी डिभिजन क्लबका प्रतिनिधिसँग छलफल गरेको हो ।

cura insider

लिग गर्ने विषयमा सबै पक्ष एकमत भए पनि आर्थिक पक्ष र स्वास्थ्यको विषयमा प्रश्न उठेको थियो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा तथा महासचिव इन्द्रमान तुलाधरले क्लबका प्रतिनिधिले उठाएको प्रश्नको उत्तर दिएका थिए ।

लिग पुनः सञ्चालन गर्ने विषयमा अर्को बैठकमा छलफल गर्न एन्फा र क्लबहरू सहमत भएका छन् । गत १८ मार्चमा कोरोनाका कारण बि डिभिजन लिग स्थगित भएको थियो ।

jackson ribon