birat ribon

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार आठ सय नाघ्यो

Neuro
कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार आठ सय नाघ्यो

विराटनगर । नेपालमा बुधबार थप सात सय ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा सात सय ४३ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

cura insider

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा सङ्क्रमितको संख्या दुई लाख ५५ हजार नौ सय ७९ पुगेको छ । हाल सात हजार पाँच सय १५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा नौ सय ५२ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४६ हजार छ सय ५१ जना निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार आठ सय ३ जनाको मृत्यु भएको छ ।

jackson ribon