birat ribon

‘हेर यो मुटुमा चिरा पर्‍या छ’ को फिमेल भर्सन सार्वजनिक

Neuro
‘हेर यो मुटुमा चिरा पर्‍या छ’ को फिमेल भर्सन सार्वजनिक

विराटनगर/चर्चित गीत ‘हेर यो मुटुमा चिरा पर्‍या छ’ को फिमेल भर्सन सार्वजनिक भएको छ । गायक बादल थापाको आवाज र शब्द (सङ्गीतमा रहेको गीतको फिमेल भर्सनमा अस्मिता अधिकारीले स्वर दिएकी छन् ।

cura insider

‘हेर यो मुटुमा चिरा पर्‍या छ’ बोलको मेल भर्सन गीतको भिडियोले यसअघि युट्युबको ट्रेन्डिङ कब्जा गरेको थियो । छ मिलियनभन्दा बढीले हेरिसकेको मेल भर्सनको गीत टिकटकमा धेरै रुचाइएको छ । गीतको म्युजिक भिडियोमा सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटा, रोशनी कार्की र प्रेम पुरीको अभिनय रहेको थियो भने फिमेल भर्सनको भिडियोमा गायक तथा मोडल दुर्गेश थापा, समीक्षा पोख्रेल र मनिषा आचार्य जोडिएका छन् ।

सृजन बरालको निर्देशनमा तयार पारिएको ‘हेर यो मुटुमा चिरा पर्‍या छ’ को म्युजिक भिडियो आहा टिभी युटुब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

jackson ribon