birat ribon

पौने शताब्दीको आर्जन स्वाहा

Neuro
पौने शताब्दीको आर्जन स्वाहा
कृष्ण अधिकारी

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरे । सर्वोच्च अदालतमा त्यो विघटन बदरका लागि दर्जन जति रिट परेका छन् । ती रिटमाथि सर्वोच्चले निर्णय नदिउन्जेल देशमा संसद् छैन । विघटनको पक्षमा निर्णय दिएमा पनि संसद् रहने छैन ।

cura insider

दुई तिहाइको बहुमत छ हामीसँग भन्थे नेकपाका नेताहरू ! त्यत्रो प्रचण्ड बहुमत हुँदाहुँदै संसद् विघटन किन गर्नु पर्‍यो ? आम मतदाताहरूको प्रश्न हो । गत आमनिर्वाचनमा सडकमा पछारिन्थ्यो नेकपा माओवादी केन्द्र । त्यो अवस्थाको मूल्याङ्कन गरेर प्रचण्डले नेकपा एमालेसँग एकता गरे । त्यही एकताको कारण प्रचण्डले सयको सङ्ख्यामा सुरक्षाकर्मीको घेरा बनाएर सानको राजनीतिक जीवन बाँच्न पाएका छन् । अर्का चतुर खेलाडी केपी ओली, जो माओवादीलाई भुसुना ठान्थे, उनलाई पनि सहज बहुमतको प्रधानमन्त्री हुनु थियो, त्यही अभिष्टले माओवादीसँग एकता गरे ।

भविष्यमा यो बृहत्तर पार्टीको एकल नेता म नै हुने छु भन्ने प्रचण्डको सपना थियो । उनको त्यो सपना जबजवादी एमाले पङ्क्तिलाई पटक्कै मन परेको थिएन । पाँच बर्से अवधिलाई आधा–आधा बाँडेर प्रधानमन्त्री हुने तमसुक पनि गरे प्रचण्ड र ओलीले । यो कुरा नेकपाको आन्तरिक कुरा थियो, आम जनतालाई त्यति चासो थिएन । किनभने त्यो तमसुक देश र जनताको हितका लागि नभई नेताहरूको पदीय स्वार्थका लागि मात्र थियो । त्यही उधारो तमसुक कार्यान्वयन भएन र त्यहीँदेखि सुरु भयो नेकपाभित्र कलह ।

जे–जे नाटक रचे पनि, घोषणा नगरे पनि नेकपा फ्याक्कै भएर फुट्यो । स्थापनाको हिरक जयन्ती मनाउँदै गरेको हुनुपर्नेमा नेपालको कम्युनिस्ट पार्टी सत्ता, सम्पत्ति र स्वार्थको व्यवस्थापन गर्न नसकेर फुट्यो । नेकपालाई अत्यधिक मत दिएर आफ्नो उज्यालो भविष्यको सपना बोकेका मतदातालाई धोका दियो नेपालको कम्युनिस्ट आन्दोलनले ।

नेकपाका ओली पक्ष र प्रचण्ड पक्ष पाखुरा सुर्कासुर्की गर्न थालेपछि देशका बुद्धिजीवीहरू प्नि त्यही पक्षविपक्षमा उभिन पुगे । कोही ओलीको पक्षमा वकालत गरिरहेका छन् र कोही प्रचण्डको पक्षमा बहस गरिरहेका छन् तर यो बहस व्यक्ति वा गुटको पक्षविपक्षमा हैन सिङ्गो नेकपामा केन्द्रित हुनु जरुरी छ । नेकपाले कस्तो मान्छेलाई अध्यक्ष बनायो ? कस्तो मान्छेलाई प्रधानमन्त्री बनायो । सरकार सञ्चालन गर्न नेकपाले कस्तो नीति निर्देशन तर्जुमा गर्‍यो ? नेकपाका नेताहरू राष्ट्रिय हितका पक्षमा केन्द्रित भए कि व्यक्ति र नातागोताको हितमा केन्दित भए ? वा गुटगत पक्षपोषणमा केन्द्रित भए ? जनताले आज मूल्याङ्कन गर्ने विषय हुन यी । व्यक्ति गौण कुरा हो जिम्मेवारी पार्टीले बहन गर्नुपर्छ ।

पार्टी फुटेको औपचारिक घोषणा नगरी नै प्रचण्ड पक्ष र ओली पक्षले अलग–अलग केन्द्रीय समितिको बैठक गरे । प्रचण्ड पक्षले ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनायो । अर्थात् दुर्घटना भएको जेट विमानमा दुई पाइलट बने प्रचण्ड र माकुने । उता ओली पक्षले प्रवक्ता परिवर्तन गर्‍यो र केन्द्रीय समितिमा अपुग सङ्ख्या पूर्ति गर्दै निर्वाचन आयोगमा आधिकारिकताका लागि पठायो ।

जे–जे नाटक रचे पनि, घोषणा नगरे पनि नेकपा फ्याक्कै भएर फुट्यो । स्थापनाको हिरक जयन्ती मनाउँदै गरेको हुनुपर्नेमा नेपालको कम्युनिस्ट पार्टी सत्ता, सम्पत्ति र स्वार्थको व्यवस्थापन गर्न नसकेर फुट्यो । नेकपालाई अत्यधिक मत दिएर आफ्नो उज्यालो भविष्यको सपना बोकेका मतदातालाई धोका दियो नेपालको कम्युनिस्ट आन्दोलनले ।

त्यतिमात्र हैन माक्र्स, लेनिन र माओवादको नाममा पौने सय वर्ष लगाएर आर्जन गरेको सैद्धान्तिक पुँजी एकै झट्कामा स्वाहा भयो । यसको जिम्मेवारी प्रचण्डको हैन, ओलीको हैन, माधव नेपाल र झलनाथको पनि हैन नेपालको सिङ्गो वाम आन्दोलनले लिनुपर्छ । माक्र्सवादी र माओवादी दर्शनले नेपाली जनतालाई जवाफ दिनुपर्छ– के कम्युनिस्टको धरातलीय चरित्र यही हो ?

jackson ribon