birat ribon

वर्षको अन्तिम खेलमा लज्जास्पद हार ब्यहोरेपछि पिर्लोलाई पीर

Neuro
वर्षको अन्तिम खेलमा लज्जास्पद हार ब्यहोरेपछि पिर्लोलाई पीर

विराटनगर । इटालियन क्लब युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लो वर्षको अन्तिम खेलमा आफ्नै मैदानमा लज्जास्पद हार ब्यहोरेपछि चिन्तित बनेका छन् ।

मङ्गलबार राति भएको खेलमा फियोरेन्टिनासँग ३–० गोलको हार ब्यहोरेपछि युभेन्टसका प्रशिक्षक पिर्लो चिन्तित बनेका हुन् । युभेन्टसको मैदानमा फियोरेन्टिनाका लागि डुसान भ्लाहोभी र मार्टिन काकरेसले एक–एक गोल गरेका थिए ।

cura insider

एउटा आत्मघाती गोल भने फियोरेन्टिनाले उपहारमा पाएको थियो । एलेक्स सान्द्रोले आत्मघाती गोल गरेका थिए । त्यसअघि खेलको १८औं मिनेटमा जुआन क्वाड्राडोले रातो कार्ड पाएपछि घरेलु टोली दस खेलाडीमा सीमित बनेको थियो ।

हारसँगै युभेन्टसले शीर्ष दुईमा उक्लिने अवसर गुमाएको छ । हाल ऊ २७ अङ्कका साथ चौथो स्थानमा झरेको छ । फियोरेन्टिना भने १४ अङ्क जोड्दै १५औं स्थानमा उक्लिएको छ ।

‘रातो कार्ड र आत्मघाती गोलका कारण हामी पराजित भएका होइनौं,’ खेलपछि बोल्दै पिर्लोले भने, ‘नतिजा फियोरेन्टिनाका खेलाडीको व्यवहारले होइन, हामीमा भएको अभावले भएको हो ।’

‘यो अवस्था सामना गर्नु भनेको खराब हो । क्रिस्मस अगाडि यस्तो नतिजाले बिदा अवधिभरि तपाईंहरूको मस्तिष्कमा छाप छोड्न सक्छ । हामीले यस कुरालाई ध्यान दिएनौं र यसबाट मुक्त हुनै खोजेनौं’, उनले थपे ।

jackson ribon