birat ribon

प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा दाहाल चयन

Neuro
प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा दाहाल चयन

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा चयन भएका छन् ।

संसद भवनको ल्होत्से हलमा बुधबार दिउँसाे प्रचण्ड–माधव समूहको को बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए ।

cura insider

नेपालको प्रस्ताव ध्वनी मतले सर्वसम्मत अनुमोदन गरेको सांसद् योगेश भट्टराईले बताए । उनका अनुसार बानेश्वरमा बसेको बहुमत सदस्य सहभागी संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलको नेताबाट हटाइ दाहाललाई चयन गरेको हो ।

jackson ribon