birat ribon

कोभिड निको भए पनि देखिन सक्छन् यी २० भन्दा बढी लक्षण

Neuro
कोभिड निको भए पनि देखिन सक्छन् यी २० भन्दा बढी लक्षण

विराटनगर/परीक्षण गर्दा भाइरसको सङ्क्रमण नभएको पुष्टि भए पनि कोभिडको जटिलताको अनुभव गर्ने अवस्थालाई पोस्ट–कोभिड सिन्ड्रोम भनिन्छ ।

cura insider

यस अवधिमा निको भइसकेका कुनै पनि मानिसले कोरोना भाइरसको सङ्क्रमण भएको बेला देखिने सबैभन्दा सामान्य लक्षण अनुभव गर्न पनि सक्छन् । राष्ट्रिय तथ्याङ्क अफिस (ओएनएस)ले दिएको तथ्याङ्कअनुसार पाँचमध्ये एक जनामा पाँच हप्ता वा सोभन्दा बढीको कोरोना भाइरसको लक्षण देखापरिरहन सक्छ ।

ओएनएसले प्रकाशित गरेको अर्को रिपोर्टमा दसमध्ये एक जनामा कोरोना भाइरसका लक्षणहरू १२ हप्ता वा सोभन्दा बढीसम्म जारी रहन्छ । पोस्ट–कोभिड सिन्ड्रोममा धेरै अध्ययन र अनुसन्धानहरू प्रकाशित भइसकेका छन् । यस्तैमा १८ डिसेम्बरमा क्लिनिकल एक्सिलेन्स राष्ट्रिय संस्थान (एनआईएस) ले पोस्ट–कोविड सिन्ड्रोममा देखिने सम्बन्धित लक्षणहरूको सङ्ख्या सूचीबद्ध गरेका छन् ।

लक्षणहरू सीमित नभए पनि हालसम्म देखिएका पोस्ट कोभिडका सङ्क्रमितमा देखिएका लक्षण यसप्रकार छन् :

श्वासप्रश्वास समस्या
– सुख्खा खोकी र सास फर्न गाह्रो हुने

हृदयसम्बन्धी लक्षण
– छातीको दुखाइ, छाती भारी भएको महसुस हुनु र पाल्पिलेसन (छिटो–छिटो मुटुको चाल बढ्नु)

न्यूरोलजिकल लक्षण
– मानसिक भ्रम, निद्रा अभाव, टाउको दुखाइ, रिँगटा लाग्ने र डेलेरियम (सोच्न, सम्झन, सुत्न, ध्यान दिन तथा अन्य कार्य गर्न नसक्ने)

पेटसम्बन्धी लक्षण
– वाकवाकी आउनु, झाडापखाला, भोक हराउनु र पेटको दुखाइ

मस्कोस्केलेटल लक्षण
– जोर्नीको दुखाइ र मांसपेशी दुख्ने

मनोवैज्ञानिक लक्षण
– डिप्रेसन र एन्जाइटी (चिन्ता)

नाक, कान घाँटी सम्बन्धित लक्षण
– गन्ध र स्वादको भावना हराउनु, घाँटीको दुखाइ, टिन्निटस (कान बजेको जस्तो हुनु) र कानको दुखाई

छालामा देखिने लक्षण
– र्‍यासेस (रातो दाग)

अन्य लक्षण
– थकान, ज्वरो, पीडा

jackson ribon