विराटनगर/इजरायलको मुख्य दुई दलहरुले समयमा बजेट पारित गराउन नसकेपछि सरकारले संसद् विघटन गरको छ ।
संसद् विघटन भएसँगै अब आगामी मार्चको २३ मा आम निर्वाचन हुने घोषणा गरेको छ । पछिल्लो दुई वर्षमा इजरायलमा चौथो पटक आमनिर्वाचन हुन लागेको हो । यसअघि दुई पटक भएको निर्वाचन सहभागीमूलक हुन नसकेको र राष्ट्रिय एकता कायम गर्न नसकेको भन्दै प्रधानमन्त्री नेतुन्हाको आलोचना हुँदै आएको छ ।
नेतुन्हामाथि मिलेमतोमा भ्रस्टाचार गरको आरोप लागेता पनि अब हुने निर्वाचनवाट छैठौं पटक पनि अवसर प्राप्त गर्ने आशा गरेका छन् । उनीमाथि लागेको आरोप केवल राजनीतिक लाञ्छना मात्र हो भन्दै ठाडै अस्वीकार गरेका छन् ।
गठबन्धनको सरकारलाई मङ्गलबार मध्यरातसम्म बजेट पारित गराउने समय थियो । तर, समयसीमाभित्र पनि बजेट पारित गराउने सम्बन्धमा सहमति जुट्न नसक्दा संसद् विघटन भएको थियो ।
मध्यरातको समय सीमा सकिनु अघिसम्म दक्षिणपन्थी लिकुड पार्टीका नेता नेतुन्हा र उनका राजनीतिक प्रतिद्वन्द्वी सेन्टरिस्ट ब्लु र व्हाइटका बेन्नी गान्ट्जले एकअर्कालाई यस सङ्कट आउने कारणको आरोप–प्रत्यारोप गरे ।
‘हामीले गरेका सहमतिको प्रस्तालाई ब्लु र व्हाइटले स्वीकार्नै चाहेनन् जसको कारण कोरोना सङ्कटमा पनि चुनावमा जान बाध्य बनायो,’ शनिबार कोभिडविरुद्धको खोप लगाउने क्रममा भने ‘हामी पुनः निर्वाचन गर्ने कार्यको विरुद्धमा छौंँ, तर हामी डराएका छैनौँ, किनकि यो निर्वाचनमा हामीले नै जित्नेछौंँ ।’
स्रोत : बिबिसी