विराटनगर । इंग्लिस काराबाओ कपमा आज राति म्यानचेस्टर युनाइटेड र एभर्टनले खेल्दैछन् । नेपाली समयानुसार राति १ः४५ बजे हुने सो खेल एभर्टनको मैदानमा हुनेछ ।
गुडिसन पार्कमा हुने खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने दाउमा हुनेछन् ।
यसअघि युनाइटेडले ब्राइनट तथा एभर्टनले वेस्ट ह्याममाथि जित निकाल्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।
आज राति नै हुने अर्को खेलमा टोटनह्यामले स्टक सिटीसँग खेल्नेछ । राति ११ः१५ बजे हुने खेल स्टक सिटीको मैदानमा हुनेछ ।
आजका दुई खेलसँगै काराबाओ कपको सेमिफाइनल समीकरण पूरा हुनेछ । यसअघि आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी तथा न्यूकासललाई हराउँदै बेन्टफर्ड अन्तिम चारमा पुगिसकेका छन् ।