birat ribon

पेलेको कीर्तिमान भङ्ग गरेपछि यसो भन्छन् मेस्सी

Neuro
पेलेको कीर्तिमान भङ्ग गरेपछि यसो भन्छन् मेस्सी

विराटनगर । बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले फुटबलका महान हस्ती पेलेको कीर्तिमान भङ्ग गरे । मङ्गगलबार राति स्पेनिस ला लिगाअन्तर्गत भाल्लाडोलिडसँगको खेलमा एक गोल गर्दै ३३ वर्षीय मेस्सीले पेलेको एकै क्लबका लागि सबैभन्दा बढी गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।

बर्सिलोनाले आफ्नो मैदानमा रियल भाल्लाडोलिडमाथि ३–० को जित हात पारेको थियो । जसमा उनले खेलको ६५औं मिनेटमा गोल गरेका थिए । सो गोलसँगै मेस्सीले पेलेको कीर्तिमान तोडेका हुन् ।

cura insider

ब्राजिली महान फुटबलर पेलेले सान्टोसका लागि १९ सिजनमा ६४३ गोल गरेका छन् । उनी सन् १९५६ देखि १९७४ सम्म सान्टोसमा आबद्ध रहेका थिए । यता, मेस्सीले बार्सिलोनाका लागि ६४४ औं गोल गरेका छन् ।

मेस्सीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । मेस्सीले बार्सिलोनाबाट दस ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि हात पारेका छन् ।

पेलेको कीर्तिमान तोडेपछि मेस्सी खुसी भएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब मैले फुटबल खेल्न थालेँ, मैले सोचेको पनि थिइनँ कि कुनै रेकर्ड तोड्छु । तर मैले आज पलेले बनाएको कीर्तिमान तोडेको छु । म सबैलाई धन्यवाद दिन चाहन्छु, जसले मलाई पछिल्ला वर्षहरूमा सहयोग गरे । मेरा सहकर्मीहरू, मेरो परिवार र मलाई समर्थन गर्ने सबैजनालाई धन्यवाद ।’

jackson ribon