birat ribon

घरि रुँदै घरि हाँस्दै पशुपति शर्माले भने- कठै मेरो देश !

Neuro
घरि रुँदै घरि हाँस्दै पशुपति शर्माले भने- कठै मेरो देश !

विराटनगर / ‘अब त केही होला भन्ने कत्रो आशा थियो, निभिहाल्यो विकास अनि समृद्धिको दीयो / रुवाए मात्रै केही गरेनन् गर्व गर्ने काम / कति भाँती अभागिनी रै’छौ नेपाल आमा !’

cura insider

‘लुट्न सके लुट कान्छा लुटन सके लुट, अन्त कतै पाइँदैन नेपालमै हो छुट,’ गीत लेख्दा–गाउँदा युथफोर्सका कार्यकर्ताले कुटुँला र मारुँला गरेका गायक पशुपति शर्माले उल्लिखित शब्दसहित आफ्नो पछिल्लो सिर्जनामा युवाहरू कसैको झोले नबन्न आग्रह गरेका छन् ।

‘अहिले पनि यिनै छन् यहाँ भोलि आउँछन् यिनै / के जनता जन्म्या हुन् र भोटमात्र दिनै ? लाज पचाए, नाङ्गै भए सबै कुरा खोले / अब मरे बनिँदैन कसैको नि झोले !’ शर्माले गीत प्रस्तुतिको क्रममा भनेका छन् ।

‘कठै मेरो देश’ शीर्षक राखेर आफ्नै शब्द, स्वर तथा सङ्गीतमा आफ्नै नामको युटुब च्यानलमार्फत गायक शर्माले आज (बुधबार) बिहान अपलोड गरेको साङ्गीतिक भिडियो यतिबेला भाइरल हुने क्रममा रहेको छ । सो भिडियो अपलोड भएको ६ घण्टामा ४६ हजारभन्दा बढीले हेरिसकेका छन् ।

पछिल्लो क्रममा देखिएको देशको राजनीतिक घटनाक्रम हेर्दा धेरै नेपालीको मन विचलित भएको छ, उनीहरू न हाँस्नु न रुनुको अवस्थामा पुगेका छन् … भन्दै सुरु भएको सो भिडियोमा नेतृत्वको व्यवहार र त्यसबाट युवाहरूमा उत्पन्न निराशाको अवस्था चित्रण गरिएको छ । भिडियो नेताहरूको व्यवहारले जनता न रुन सकेको, न हाँस्न सकेको अवस्थाको सटीक, बिम्बात्मक प्रस्तुति रहेको छ । गीत प्रस्तुतिका क्रममा गायक शर्मा घरि हाहाहा गर्दै हाँसेका छन् भने घरि हुहुहु गर्दै रोएका छन् ।

दुर्गा पौडेलको निर्देशन तथा नवीन घर्ती मगरको सम्पादनमा तयार भएको भिडियोमा पशुपति शर्मा, राजु ढकाल, दीपक खड्का, प्रज्ज्वल मल्ल, उत्तम, मधु कार्कीलगायतको अभिनय समेटिएको छ । युटुबमा यो गीत सुन्ने जति सबैले प्रशंसा गरेर प्रतिक्रिया दिइरहेका छन् । त्यही क्रममा टीकाराम गौतमले लेखेका छन्, ‘अब बन्दिनँ कसैको झोले … यदि सबैले यो भने बन्नेछ देश, अधिकार हामीसँगै छ ।’

‘लम्पसार पर्दै आउँछन् भोट माग्ने बेला, जितेपछि सुरु हुन्छ यिनको जालझेल,’ शर्माले गायकीका क्रममा भनेका छन्, ‘साना–साना मुसा पनि हात्ती बन्दै जाने, तेरो तागत मानेँ कुर्सी तेरो तागत मानेँ !’

छँदाखाँदाको बहुमतको सरकार ढालेर घोषणा गरिएको मध्यावधि निर्वाचनलाई व्यङ्ग्य गर्दै गायक शर्माले भनेका छन्, ‘यत्रो चुनाव गरियो कति खर्च गरी, अब त देश बन्छ भन्दै सबै मरी–मरी, न जनताले सुख पाए न त बन्यो देशै, सतीले देश सरापेको किन भन्थे यसै !’

jackson ribon