birat ribon

यो भिटामिनको कमीले आँखा फर्फराउने हुन्छ

Neuro
यो भिटामिनको कमीले आँखा फर्फराउने हुन्छ

विराटनगर/अधिकांश मानिसले आँखा फर्फराउने समस्या अनुभव गरिसकेका छन् ।

यसलाई ठूलो समस्याको रुपमा नमानिए पनि यसले निकै दिक्क लगाउने गर्छ । आँखा फर्फराउने समस्या धेरैजसोमा एक पटकमा केवल एउटा आँखामा देखा पर्छ । आँखा फर्फराउने समस्या सामान्यतया अस्थायी हुन्छ र केही समयपछि आफ्नै हराएर जाने हुँदा यसको पछाडि कारण जान्न प्रयास गर्न ध्यान दिने गर्दैनौँ ।

cura insider

गम्भीर अवस्थामा, आँखा फर्फराउने समस्याले दृष्टिलाई असर गर्न सक्छ वा आँखामा ठूलो जोखिम निम्त्याउन सक्छ । मेडिकल भाषामा मायोकिमिया भनेर चिनिने आँखा फर्फराउने समस्यालाई विभिन्न कारणले गर्दा हुने गर्छ । सामान्यता आँखा फर्फराउने सबैभन्दा धेरैजसो कारण तनाव र थकानलाई मानिन्छ । तर, भिटामिन बी १२ को कमीले पनि आँखा फर्फराउने समस्या निम्त्याउन सक्छ ।

भिटामिन बी १२ स्नायुको टिस्यु स्वास्थ्य, मस्तिष्कको कार्य, र रातो रक्त कोषहरूको उत्पादनका लागि आवश्यक बी भिटामिनमध्ये एक हुन् । यस पोषक तत्वको अभावले अपरिवर्तनीय स्नुयुसम्बन्धी लक्षण निम्त्याउन सक्छ । आँखामा पनि धेरै स्नायुहरू हुन्छन्, शरीरमा भिटामिन बी १२ को अभावमा आँखा फर्फराउन थाल्छ ।

पोषकतत्वको अभावमा आँखा फर्फराउनु प्रारम्भिक लक्षणमध्ये एक हो । र, भिटामिन बी १२ को स्तर सामान्यभन्दा अलि कम हुँदा पनि आँखा फर्फराउने समस्या हुन सक्छ । इलेक्ट्रोलाइट्समा सोडियम, पोटेसियम, म्याग्नेसियम, क्याल्सियम, क्लोरिन र फास्फेट पर्छ । शरीरमा इलेक्ट्रोलाइट्स आँखाको मांसपेसीसहित अन्य मांसपेशीको कार्य नियन्त्रण गर्नका लागि जिम्मेवार हुन्छन् ।

शरीरमा इलेक्ट्रोलाइट्सको असन्तुलनले आँखा, मांसपेशी फर्फराउने वा ऐंठनको समस्या निम्त्याउन सक्छ । भिटामिन डीले पनि अप्रत्यक्ष रूपमा यो समस्या निम्त्याउन सक्छ । भिटामिन डीको कम मात्राले हड्डीहरूलाई कमजोर बनाउने काम मात्र गर्दैन, यसले मांसपेशीमा सङ्कुचन र आँखा फर्फराउने समस्या पनि हुन सक्छ । यीबाहेक, अत्यधिक रक्सी र क्याफिन सेवन पनि आँखा फर्फराउने समस्याका लागि जिम्मेवार हुन सक्छन् ।

यदि आँखा फर्फराउने समस्या लगातार दुईदेखि तीन दिन वा एक हप्तासम्म जारी रहेमा तुरुन्त डाक्टरको सल्लाह लिन आवश्यक हुन्छ ।

jackson ribon