birat ribon

रियललाई एथ्लेटिकोसँग अङ्क बराबरी गर्ने मौका, हाजार्ड मैदान फर्किँदै

Neuro
रियललाई एथ्लेटिकोसँग अङ्क बराबरी गर्ने मौका, हाजार्ड मैदान फर्किँदै

विराटनगर । स्पेनिस ला लिगामा साविकको विजेता रियल मड्रिडले आज आफ्नो १५औं खेल खेल्दैछ । नेपाली समयानुसार राति १२ः३० बजेबाट सुरु हुने खेलमा रियलले ग्रानडाको सामना गर्न लागेको हो ।

cura insider

रियलको मैदानमा हुने खेलमा घरेलु टोलीलाई शीर्ष स्थानको एथ्लेटिकोसँग अङ्क बराबरी गर्ने अवसर रहेको छ । हाल ऊ २९ अङ्ककका साथ दोस्रो स्थानमा छ । रियलले १४ खेल खेलेको छ ।

एथ्लेटिको भने ३२ अङ्कका साथ शीर्ष स्थानमा छ । एथ्लेटिकोले रियलभन्दा एक खेल कम खेलेको छ । ग्रानडा भने २१ अङ्कका साथ सातौं स्थानमा छ ।

आजको खेलमा रियलका स्टार इडेन हाजार्ड मैदान फर्किनेछन् । घाइते भइ मैदानबाहिर रहेका उनलाई प्रशिक्षक जिनेदिन जिदानले ग्रानडासँग खेल्ने प्रारम्भिक खेलाडीको सूचीमा समावेश गरेका छन् ।

jackson ribon