birat ribon

अन्टार्कटिका पुग्यो कोरोना सङ्क्रमण

Neuro
अन्टार्कटिका पुग्यो कोरोना सङ्क्रमण

विराटनगर/अन्टार्कटिका महादेशमा पनि कोरोना भाइरसको सङ्क्रमण पुगेको छ ।

cura insider

हालसम्म कोभिड–१९ मुक्त रहिआएको अन्टार्कटिकामा पनि कोरोना भाइरसको सङ्क्रमण पुगेको हो । त्यहाँ सङ्क्रमित भेटिएको पुष्टि भएसँगै अब विश्वका सातवटै महादेशमा कोरोना भाइरस फैलिसकेको छ ।

चिलेको सेनाले अन्टार्कटिका महाद्विपस्थित आफ्नो बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रमा ३६ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको हो । सङ्क्रमण देखिएका ३६ मध्ये २६ जना सैनिक तथा दस जना मर्मत सम्भार गर्ने कामदार रहेको जनाइएको छ । अधिकारीहरूका अनुसार सङ्क्रमण पुष्टि भएका सबैलाई उद्दार गरी चिले पुर्‍याइएको छ ।

सुरुमा बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रका लागि सामग्री आपूर्ति गरेको सेनाको सार्गेन्टो एल्डिआ नामक पानीजहाज चालक दलका तीन जनामा सङ्क्रमण पुष्टि भएको थियो । अन्टार्कटिकाबाट चिलेमा यात्रा गर्ने त्यस जहाजका यात्रीहरूको परीक्षण गर्दा उनीहरूमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

jackson ribon