birat ribon

चोरीनिकासीका २० चौपाया बरामद

Neuro
चोरीनिकासीका २० चौपाया बरामद

विराटनगर/मोरङ प्रहरीले रङ्गेली नपा–४, चिसाङ खोलाको बगरबाट भारततर्फ लैजाँदै गरेका २० चौपाया बरामद गरेको छ ।

भारततर्फ अवैधरुपमा चोरीनिकासी गर्दै गरेको अवस्थामा मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय रङ्गेली र अस्थायी प्रहरी चौकी बेतौनीबाट खटिएको प्रहरी टोलीले १६ वटा गाई र चारवटा गोरु बरामद गरेको हो ।

cura insider

बरामद गरिएको अन्दाजी दुई लाख ८० हजार मूल्य बराबरका चौपाया मुल भन्सार कार्यालय रानीमा बुझाइने प्रहरीले जनाएको छ ।

jackson ribon