birat ribon

फाइजर र मोडर्नाले कोरोना भाइरसको नयाँ प्रकारमा आफ्नो खोपको परीक्षण गर्दै

Neuro
फाइजर र मोडर्नाले कोरोना भाइरसको नयाँ प्रकारमा आफ्नो खोपको परीक्षण गर्दै

विराटनगर/बेलायतलगायत केही देशमा देखिएको ‘नयाँ प्रकार’ को कोरोना भाइरसमा खोपको प्रभावकारिता जाँच्न फाइजर–बायोटेक र मोडेर्नाको खोप परीक्षण गरिएको छ ।

यी खोपले नयाँ प्रकारको कोरोनाका लागि काम गर्छ कि गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको हो । हालसम्मको तथ्याङ्कको आधारमा कोरोना भाइरसविरुद्धको मोडर्ना खोपले बेलायतमा देखिएको नयाँ भाइरसविरुद्ध पनि काम गर्ने सम्भावना उच्च रहेको मोडेर्नाले दाबी गरेको छ ।

cura insider

फाइजरले पनि खोप लगाएका व्यक्तिहरूको रगतको नमूनाले बेलायमा देखिएको नयाँ प्रकारको भाइरसलाई बेअसर गर्न सक्षम हुन सक्छ भन्ने तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । बेलायतमा गरिएको यो परीक्षणबाट खोपले काम गर्ने वा नगर्ने बारेमा एक हप्तापछि मात्र थाहा हुने बताइएको छ ।

हालसम्म अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा स्वीकृति पाएको फाइजर र मोडर्नाले विकास गरेको दुई खोप मात्र हुन् । कोरोना भाइरस पहिले पनि उत्परिवर्तन भइसकेको छ र दुबै कम्पनीका अनुसार उनीहरूको खोप भाइरसको अन्य रूपमा पनि काम गर्ने देखिएको छ ।

बेलायतमा देखिएको कोरोना भाइरसको ‘नयाँ प्रकार’ लाई लिएर अन्तर्राष्ट्रियरूपमै चिन्ता बढ्दै गएपछि अहिलेसम्म ४० भन्दा बढी देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् ।

jackson ribon