birat ribon

खाद्यान्न मिसावट : मुनाफा आर्जन गर्ने गलत अभ्यास

Neuro
खाद्यान्न मिसावट : मुनाफा आर्जन गर्ने गलत अभ्यास
आकाश स्वर्णकार

भोजन मानवका लागि आधारभूत आवश्यकता हो जुन पशु र बोटबिरुवाबाट प्राप्त हुन्छ । यसमा कार्बोहाइड्रेट, प्रोटिन, बोसो, खनिज र भिटामिन जस्ता आवश्यक पोषक तत्वहरु रहेका हुन्छन् । शारीरिक वृद्धि र विकासका लागि यस्ता पोषण तत्वहरु खाने गरिन्छ । विभिन्न भेटघाट, पार्टी तथा कार्यक्रमहरुमा हामी यसलाई खाना र खाजाको रुपमा लिने गर्दछौं । मिसावट नभएको शुद्ध भोजनले हाम्रो मस्तिष्क, शरीर, परिवार, समुदाय र सारा संसारलाई विकास हुनमा मद्दत गर्दछ । तर समयसँगै जनसङ्ख्या बढ्दै जाँदा खाद्यान्नमा अत्यधिक मिसावट हुन थालेको छ ।

खाद्याान्नमा मिसावट हुनु भनेको यसमा अन्य केही चिज थप्नु वा यसमा भएको कुरालाई हटाउनु हो । जसले गर्दा अन्नको प्राकृतिक गुणमा परिवर्तन हुन्छ । मिसावट भएको खाना फोहोर, असुरक्षित र अस्वस्थ्यकर हुन्छ ।

cura insider

मिसावटका प्रकारहरु :

मिसावट दुई प्रकारको हुन्छ । पहिलो प्रकारको मिसावट जुन जानाजान गरिन्छ भने दाश्रो प्रकारको मिसावट अन्जानमा हुने गर्दछ ।

जानीजानी गरिने मिसावट : यदि प्राकृतिक गुण भएको खाद्यान्नमा बाहिरी तत्वहरु थप्ने वा हाल्ने कार्य गरिन्छ भने यसलाई मिसावट भनिन्छ । जस्तै : दुधमा पानी मिसाउनु, अन्नमा चुनढुङ्गा, चिनीमा खरीको धुलो इत्यादि ।

अन्जानमा भएको मिसावट : प्राकृतिक गुण भएको खाद्यान्नमा दुर्घटनावस कुनै बाहिरी तत्व मिसिन गएमा अन्जानमा हुने मिसावट भनिन्छ । जस्तैः भण्डारण गरिएको अन्नमा मुसा पस्नु, खानामा किरा बस्नु, लगाएको बालीमा किरा लाग्नु इत्यादि ।

खाद्यान्न मिसावटले मानिसको स्वास्थ्यमा धेरै ठूलो असर पारेको छ । केही मिसावट मानिसको लागि विषसमान छन् जसले पेट दुखाइ, शरीर दुखाइ, रक्तअल्पता, गर्भपात, पक्षघात र ट्युमर जस्ता रोगहरु उत्पन्न गराउँदछ । यसरी शरीरमा ट्युमर पलाउने र संवेदनशील अङ्गमा घाउ हुँदा मानिसलाई पक्षघात हुनको साथै मृत्युसमेत हुन सक्छ ।

खाद्यवस्तुमा हुने मिसावट :

अहिलेको समयमा जसरी खाद्यान्न मिलावट भइरहेको छ, यसको कुनै सीमा नै छैन । जसरी मिलावट सबै प्रकारका उत्पादनहरुमा हुने गर्दछ जसमध्ये दुध, तेल र खाद्यान्नमा हुने मिसावट सामान्य कुरा हो । अहिले मानिसहरु मिसावट गर्ने कार्यमा अधिकांश समय ब्यस्त रहेका हुन्छन् । उनीहरुको एउटै प्रयास रहेको हुन्छ कि मिसावट गरिएको कुरा उपभोक्ताले थाहा नपाएको होस् । उनीहरुको प्रयास वावजुद, मिसावट गरिएको–नगरिएको पहिचान गर्ने तरिकाहरु छन् । तल खाद्यान्नको सुची राखिएको छ, जसमा मिसावट भएको वस्तु र यसलाई पहिचान गर्ने तरिकाहरु रहेका छन् ।

खाद्यान्न–मिसावट–मिसावट भए–नभएको पत्ता लगाउने समान्य तरिका

दुध–पानी : कुनै एउटा रङ लगाएको ओरालो सतहमा दुधको थोपा चुहाउनु होस् । अब दुधको थोपा बिस्तारै बग्छ र बगेको स्थानमा सेतो दाग देखिन्छ । तर मिसावट भएको दुध छ भने उक्त सतहमा कुनै पनि दाग नछोडी छिटो बग्दछ ।

घ्यु–वनस्पती : पगालिएका दुवैको नमुनालाई बराबर मात्रामा एक सिसाको बोतलमा हाल्नुहोस् र केही चिनीको मात्रा मिसाउनु होस् । अब यसलाई एक मिनेटसम्म हल्लाई पाँच मिनेटसम्म त्यत्तिकै छोडिदिनुहोस् । यदि यसरी हल्लाउँदा गुलाबी रङ देखिन्छ भने यसमा मिसावट भएको छ ।

नरिवलको तेल–अन्य तेल : तेल राखिएको एउटा सानो बोतल फ्रिजभित्र राख्नुहोस् । नरिवल तेल जमेको हुन्छ भने मिसावट भएको तेल तह बनेर तैरिएको हुन्छ ।

गहुँ, चामल, मकै–फोहर, ढुङ्गा, पराल : यसमा कुनै फोहर, कुहिएको अन्न, किरा र मरेका मुसा

चना–अन्य : किरा, घासपातहरु मिसाइएको छ कि भनी आँखाले हेर्ने गरिन्छ ।

अन्नहरु : बिग्रीएको अन्न, कपाल र मुसा

मसला : भुसी र काठको धुलो पानीको सतहमा छर्कनुहोस् । भुसी र काठको धुलो पानीको सतहमा तैरिन्छ ।

खोर्सानीको धुलो : कृत्रिम रङहरु पानीको गिलासमा खोर्सानीको धुलो छर्किनुहोस् । मिसाइएको रङ सबै निस्किन्छ ।

रायोको बिउ–सिउँडी फूलको बिउ : रायोको र सिउँडीको फूलको बिउ पहिचान गर्न सकिन्छ ।रायोको बिउ चिल्लो र मिहिन हुन्छ भने सिउँडीको बिउ खस्रो हुन्छ । त्यसैगरी रायोको बिउभित्र पहेँलो र सेतो भाग हुन्छ भने सिउँडीको बिउको सेतो भागमात्र हुन्छ ।

खाद्यान्न मिसावटका असरहरु :

खाद्यान्न मिसावटले मानिसको स्वास्थ्यमा धेरै ठूलो असर पारेको छ । केही मिसावट मानिसको लागि विषसमान छन् जसले पेट दुखाइ, शरीर दुखाइ, रक्तअल्पता, गर्भपात, पक्षघात र ट्युमर जस्ता रोगहरु उत्पन्न गराउँदछ । यसरी शरीरमा ट्युमर पलाउने र संवेदनशील अङ्गमा घाउ हुँदा मानिसलाई पक्षघात हुनको साथै मृत्युसमेत हुन सक्छ ।

फोहर पानी : झाडापखाला, वान्ता, हैजा र टाइफाइड

लुगाधुने सोडा, खरीको धुलो : पेटमा गडबडी, वान्ता र झाडापखाला

सिउँडीको तेल र बिउ : कमजोर दृष्टि, मुटुरोग, शरीरमा पानी जम्ने र मोतियाबिन्दु

कृत्रिम रङहरु : पेटको समस्या, कलेजो समस्या र क्यान्सर

स्टार्च, बनस्पति घ्यु : पेटको समस्या, कलेजो समस्या र क्यान्सर

ढुङ्गा, अन्य बिरुवाको बिउहरु : विषाक्त अन्न, पेटको समस्या, कलेजो समस्या

पहेलो रङ : पखाला, पेट र कलेजो समस्या

उपभोक्ता आफू ठगिनबाट कसरी जोगिन सक्छन् ?

उपभोक्ता आफैं जागरुक नभएसम्म खाद्यान्न मिसावटको समस्या रहिरहने छ । त्यसकारण, आँफूले खरिद गर्ने खाद्यान्नमा केही कुराको मिसावट भए–नभएको बारेमा राम्रोसँग ध्यान दिनुपर्ने हुन्छ । यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा कुनै पनि सामग्री खरिद खाद्यान्नको गुणस्तर, पोषण तत्वको मात्राबारेमा अध्ययन गर्ने बानी बसाल्नु पर्छ । यस्तो अभ्यासले खाद्यान्नको शुद्धता र यसको समय अवधिबारे मूल्याङ्कन गर्न सजिलो बनाउँछ । उपभोक्ताहरु स्वास्थ्यप्रति सजग रहनु पर्छ ता कि अस्वच्छ तरिकाले तयार गरिएको खाद्यान्नहरु खरिद गर्ने कार्यहरु रोक्न सकोस् ।

के खाद्यान्न मिसावट मात्र आजको समस्या हो ?

खाद्यान्न मिसावट समस्याबाहेक, उत्पादित वस्तुको गलत तरिकाले प्रचार (मिस ब्रान्डिङ) गरिनु पनि अर्को एक समस्या हो । उत्पादित खाद्यान्नको गलत प्रचार गर्नु र नक्कली चिन्ह दिनु भनेको अनाधिकृत पहिचान दिने कार्य हो ।

खाद्यान्न मिस ब्रान्डिङका असरहरु :

विभिन्न क्षेत्रहरुमध्ये, खाद्यान्न मिस ब्रान्डिङले मुख्य रुपमा उप्पादित वस्तु र उपभोक्तको स्वास्थ्यलाई असर गर्दछ । यदि खाद्यान्नको गुणस्तर, पोषण र विशिष्टताले उत्पादित वस्तुको मापदण्ड पूरा गर्दैन भने यसलाई मिस ब्रान्डिङ भनिन्छ । मिस ब्रान्डिङ गर्नुको प्रमुख कारण धेरै मुनाफा कमाउने मानसिकता हो । मिस ब्रान्डिङ खाद्यान्न बिक्री गरेर केही रकम कमाउने आसय नै खाद्यान्न मिसावट गर्ने कारण बन्दछ । कुनै पनि व्यक्तिको स्वास्थ्य उसले खाने खानामा रहेको तत्व, पोषण मात्र र शुद्धतामा भर पर्दछ । कुनै पनि उत्पादित वस्तुको झुटा प्रचारप्रसारले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ, जसको कारणले टाउको दुख्ने, पेटको दुख्ने, पखाला लाग्ने, फुड पोइजन हुने र चरम अवस्थामा मृत्युसमेत हुने गर्दछ ।

बढ्दो जनसङ्ख्या र परिवर्तन भइरहेको जीवनशैलीले मानिसहरुको आवश्यकता र मागहरु बढ्दै गयो, जसलाई पूूरा गर्न कठिन छ । तर मुनाफा आर्जन गर्ने मानसिकताले उत्पादित वस्तुको झुटा प्रचार गरिने कार्यले हाम्रोबीचमा रहेको खाद्यान्नमा अत्यधिक मिसावट हुने गरेको छ । दुध, बोसोजन्य पदार्थ, तेल, मसला, चिनी, मह इत्यादि जस्ता वस्तुहरुमा बनस्पती, धुलो, कृत्रिम रङ, चकको धुलोहरु मिसाउने गरिएको छ ।

jackson ribon