birat ribon

‘चलचित्र महोत्सव’ चैत्रको दोस्रो साताबाट हुने

Neuro
‘चलचित्र महोत्सव’ चैत्रको दोस्रो साताबाट हुने

विराटनगर/नेपाल चलचित्रकर्मी महासङ्घ, प्रदेश १ ले आयोजना गर्न लागेको ‘चलचित्र महोत्सव’ चैत्रको दोस्रो साताबाट सुरु हुने भएको छ । हिजो बसेको चलचित्रकर्मी महासङ्घ, प्रदेश १ को बैठकले चुनावअघि नै आचारसंहिताको अवधिले न भेटने गरी महोत्सव एक महिनाअघि चैत्रको दोश्रो साता गर्ने निर्णय गरेको हो ।

लामो समयको तयारीपछि कोरोना कहरका कारणले सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उद्देश्यले नेपाल चलचित्रकर्मी महासङ्घ, प्रदेश १ ले वर्ष २०७८ लाई विशेष बनाउन ‘चलचित्र महोत्सव–२०७८’ आयोजना गर्ने घोषणा गरेको थियो ।

cura insider

चलचित्र महोत्सव २०७८ यही वैशाख १७ देखि तीन दिनसम्म गरिने बताइएको थियो । तर मध्यावधि निर्वाचन आगामी वैशाख १७ गते पहिलो चरणमा र वैशाख २७ गते दोस्रो चरणमा गरिने भएपछि महोत्सव अन्योलमा परेको हो ।

चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानका अनुसार ‘महोत्सव यही चैत्रको दोस्रो साताबाट सुरु गरिने छ । यदि चुनावको मिति सरेमा पूर्वनिर्धारित मितिमा महोत्सव हुनेछ,’ उनी बताउँछन् ।

jackson ribon