birat ribon

छोरी बलात्कार कसुरमा बाबुलाई जन्मकैद सजाय

Neuro
छोरी बलात्कार कसुरमा बाबुलाई जन्मकैद सजाय

उदयपुर / छोरी बलात्कार आरोपमा जिल्ला अदालत उदयपुरले बुबालाई जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्मकैदको फैसला सुनाएको हो ।

cura insider

मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक ४५ वर्षीय बाबुलाई जन्मकैद सजाय र ५५ हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यलयले बताए ।

पीडक बाबुले २०७६ साल माघ १९ गते राति आफ्नी १२ वर्षीया छोरीलाई बलात्कार गरेपछि पीडककी श्रीमती र पीडित छोरीले माघ २० गते कारबाहीका लागि प्रहरीमा निवेदन दिएको अदालतले बताएको छ ।रासस

jackson ribon