birat ribon

फुट्यो नेकपा : पूर्व एमाले दुई चिरा, माओवादीका चार जनाले छाडे प्रचण्डको साथ

Neuro
फुट्यो नेकपा : पूर्व एमाले दुई चिरा, माओवादीका चार जनाले छाडे प्रचण्डको साथ

काठमाडाैँ / एकताको अढाई वर्षपछि नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । पार्टी फुटको आधिकारिक घोषणा भने भएको छैन । तर एकले अर्काे समूहलाई निषेधको खेल सुरु भएको छ ।

cura insider

पार्टी विभाजन हुँदा तत्कालिन एमाले दुई चिरा भएको छ । माओवादी पक्षका केही नेता ओली पक्षमा लागेका छन् । सचिवालय सदस्य रामबहादुर थापा र बामदेव गौतमले कित्ता क्लियर हुन बाँकी छ ।

तत्कालीन एमालेमा तल्लो तहसम्म फाटो आएको छ । ओली पक्ष छुट्टै बाटोमा लागेका छन् । माधवकुमार नेपाल प्रचण्ड समूहको सहकार्यमा छन् । माओवादीका नेता टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट ओली पक्षमा लागेका छन् ।

दुवै समूहले आफूलाई आधिकारिक बताइरहँदा पार्टी र चुनाव चिन्हको विवाद पेचिलो बन्दै गएको छ । अलग–अलग बसेको केन्द्रीय कमिटी बैठकको निर्णयसँगै सत्तारुढ दलको विभाजन अब कानुनी लडाइँमा प्रवेश गरेको छ । दुवै पक्षले आफूलाई संस्थापन भएको दाबी गर्दै निर्वाचन आयोग पुगेका छन् ।

पार्टीको चुनाव चिन्ह सूर्य र दलको आधिकारिकताबारे आयोगले गरेको फैसला कुनै एक पक्षलाई चित्त नबुझे सर्वोच्च अदालतमा जान सक्नेछन् । पार्टी फुटेपछि तल्लो तहसम्म पार्टी कार्यालयको विवाद बढ्ने देखिएको छ । पार्टी कार्यालय कब्जाको शृङ्खला सुरु भइसकेको छ ।

नेकपामा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले दुईतिहाइ बहुमत सदस्यको निर्णय स्वतः वैधानिक हुने बताए । ओली समूहका प्रवक्ता प्रदीप ज्ञवाली अध्यक्ष, महासचिव र पार्टीको माइन्युट आफ्नो पक्षसँग रहेकाले ओली समूह नै आधिकारिक भएको दाबी गर्छन् ।

jackson ribon