विराटनगर । स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडले सहज जित निकालेको छ । मङ्गलबार राति भएको खेलमा एथ्लेटिकोले रियल सोसिडाडमाथि २–० गोलको जित निकालेको हो ।
सोसिडाडको मैदानमा एथ्लेटिकोलाई जिताउन मारियो हर्मोन्सो र मार्कोस लोरेन्टेले समान एक–एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४९औं मिनेटमा हर्मोन्सोले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाए ।
७४औं मिनेटमा लोरेन्टले गोल गर्दै एथ्लेटिकोलाई जित दिलाए ।
जितसँगै शीर्ष स्थानको एथ्लेटिकोले चार अङ्कको अग्रता बनाएको छ । उसले १३ खेलबाट ३२ अङ्क जोडेको छ ।
सोसिडाड भने २६ अङ्ककका साथ तेस्रो स्थानमा छ ।