Rumpum Advertisement

आफ्नै घरमा युभेन्टसको लज्जास्पद हार (हाइलाइट्स)

Neuro
आफ्नै घरमा युभेन्टसको लज्जास्पद हार (हाइलाइट्स)

विराटनगर । इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले पहिलो हार ब्यहोरेको छ । मङ्गलबार सन् २०२० को अन्तिम खेल खेलेको युभेन्टसले फिरोरेन्टिनासँग ३–० गोलको लज्जास्पद हार ब्यहोरेको हो ।

युभेन्टसको मैदानमा फियोरेन्टिनाले डुसान भ्लाहोभिको गोलमा सुरुआती अग्रता बनाएको थियो । उनले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए ।

१८औं मिनेटमा जुआन क्वाड्राडोले रातो कार्ड पाएपछि घरेलु टोली दस खेलाडीमा सीमित बनेको थियो ।

खेलको ७६औं मिनेटमा एलेक्स सान्द्रोले आत्मघाती गोल गरेपछि फियोरेन्टिनाले आफ्नो अग्रता दोब्बर बनायो । ८१औं मिनेटमा मार्टिन काकरेसले गोल गर्दै फियोरेन्टिनालाई सहज जित दिलाए ।

हारसँगै युभेन्टसले शीर्ष दुईमा उक्लिने अवसर गुमाएको छ । हाल ऊ २७ अङ्कका साथ चौथो स्थानमा झरेको छ ।

फियोरेन्टिना भने १४ अङ्क जोड्दै १५औं स्थानमा उक्लिएको छ ।