birat ribon

आर्सनललाई हराउँदै सिटी सेमिफाइनलमा

Neuro
आर्सनललाई हराउँदै सिटी सेमिफाइनलमा

विराटनगर । साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस काराबाओ कपको सेमिफाइनलमा स्थान बनाएको छ । मङ्गगलबार राति भएको खेलमा आर्सनलमाथि ४–१ गोलको सहज जित निकाल्दै सिटीले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

cura insider

आर्सनलको मैदान इमिरेट्स स्टेडियममा सिटीलाई जिताउन ग्राबियल जेसस, रियाद महरेज, फिल फोडेन र एमेरिक लापोर्टेले समान एक–एक गोल गरे । आर्सनलका एलेजान्द्रे लाकाजेट्टेले एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा जेससले गोल गरेपछि सिटीले सुरुआती अग्रता बनाएको थियो । ३१औं मिनेटमा लाकाजेट्टेले गोल गरेपछि आर्सनल खेलमा फर्कियो ।

Alex Lacazette celebrates against Manchester City

५४औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । ५९औं मिनेटमा फोडेनले र ७३औं मिनेटमा लापोर्टेले गोल गरेपछि सिटीले ४–१ गोलान्तरको जित दर्ता गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

यसअघि सिटीले बर्नेलीलाई तथा आर्सनलले लिभरपुललाई हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन् ।

गए राति भएको अर्को खेलमा बेन्टफर्डले न्यूकासलमाथि १–० गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो ।

jackson ribon