birat ribon

बार्सिलोनाको सहज जित, मेस्सीले पेलेको रेकर्ड तोडे

Neuro
बार्सिलोनाको सहज जित, मेस्सीले पेलेको रेकर्ड तोडे

विराटनगर । स्पेनिस क्लब बार्सिलोनाले ला लिगामा सहज जित निकालेको छ । मङ्गगलबार राति भएको खेलमा बार्सिलोनाले भाल्लाडोलिडमाथि ३–० गोलको सहज जित निकालेको हो ।

भाल्लाडोलिडको मैदानमा बार्सिलोनालाई जिताउन क्लिमेन्ट लेङ्गलेट, मार्टिन ब्रेथवेट र कप्तान लियोनल मेस्सीले समान एक–एक गोल गरे ।

cura insider

खेलको २१औं मिनेटमा लेङ्गलेटले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ३५औं मिनेटमा ब्रेथवटले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफभरि २–० गोलको अग्रता बनायो ।

६५औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–० गोलको सहज जित दिलाए ।

यस गोलसँगै मेस्सीले मेस्सीले पेलेको एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा सारेका छन् । सन् २००४ मा सिनियर टोलीबाट डेब्यू गरेका मेस्सीले बार्सिलोनाको जर्सीमा ७४९ खेल खेल्दै ६४४ गोल गरेका छन् ।

पेलेले ब्राजिलको क्लब सान्टोसबाट ६४३ गोल गर्दै एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

यससँगै बार्सिलोनाले शीर्ष क्लबसँगको अंङ्कदूरी घटाएको छ । पाँचौं स्थानको बार्सिलोनाले २४ अङ्क जोडेको छ । भाल्लाडोलिड भने १४ अङ्कका साथ रेलिगेशन जोनमा छ ।

jackson ribon