birat ribon

तौल घटाउनेदेखि लिएर मधुमेह नियन्त्रण गर्नसम्म करेलाको रस प्रभावकारी

Neuro
तौल घटाउनेदेखि लिएर मधुमेह नियन्त्रण गर्नसम्म करेलाको रस प्रभावकारी

विराटनगर । करेलालाई तौल घटाउनका लागी एक प्रभावकारी तरकारी मानिन्छ । आवश्यक पोषक तत्वहरूले भरिएको करेलाका विभिन्न स्वास्थ्य लाभहरू छन् ।

cura insider

हरेक दिन करेलाको रस पिएर तौल घटाउने प्रक्रियाको गति बढाउन सकिन्छ । करेलाको रसले वास्तवमा पेटको बोसो जलाउन मद्दत गरी छिटो तौल घटाउन मद्दत गर्छ । तौल घटाउनेबाहेक करेलाको रसको धेरै फाइदाहरू छन् । करेलाको रस सेवन गर्दा हुने केही फाइदा यस्ता छन्ः

क्यान्सरबाट बचाउँछ – जर्नल कार्सिनोजेनेसिसमा प्रकाशित एक अध्ययनअनुसार, करेलाको रसले प्यानक्रिएटिक क्यान्सर कोषलाई मार्न सक्छ । त्यस्तै, पब मेडमा प्रकाशित अर्को अध्ययनले करेलाको रसले स्तनको क्यान्सरमा प्रभावकारी उपचार साबित हुन सक्छ ।

श्वासप्रश्वासको समस्याका लागि – करेलाको रस नियमित रूपमा सेवन गर्दा श्वासप्रश्वास प्रणाली र फोक्सोमा जम्मा हुने कफलाई हटाएर खोकी र श्वासप्रश्वासको समस्यालाई कम गर्न मद्दत गर्छ । करेलाको रसले दम र फोक्सोको सङ्क्रमणको उपचारको लागि एक प्रभावकारी उपाय हुन सक्छ ।

छालामा सुधार – करेलाको रसले रगत शुद्धीकरण गर्छ । साथै, यसले छाला सफा गरी समयपूर्व बूढो हुनबाट पनि बचाउन सक्छ । यसले छालाबाट फाइन लाइन (रिङ्कल्स) हटाउन पनि मद्दत गर्छ ।

पाचनमा सुधार – करेला रसको सेवनले पाचन प्रवर्द्धन गर्ने इन्जाइमको उत्पादनलाई उत्तेजित गर्छ । करेलाको रसमा महको मिश्रणले पाचन क्रियालाई द्रुत रूपमा बढाउन सक्छ ।

रगतमा चिनीको मात्रा नियन्तरण गर्छ – करेलामा पाइने पोलीपेप्टाइड–पी, भिसिन र च्याराटिन नामक तत्व मधुमेह नियन्त्रण गर्नमा प्रमुख भूमिका निर्वाह गर्छन् । करेलाको रस नियमित रूपमा सेवन गर्दा कुनै पनि औषधिको आवश्यकताविना नै इन्सुलिन प्रतिरोधलाई ठीक गर्न सकिन्छ ।

करेलाले रक्तचाप निकै कम गराउन सक्ने हुँदा कम रक्तचाप भएका मानिसले करेलाको सेवन गर्नबाट जोगिनुपर्छ । तथा अन्य स्वास्थ्य समस्या भएका मानिसले पनि करेलाको सेवन गर्नुअघि आफ्नो डाक्टरको सल्लाह लिन आवश्यक हुन्छ ।

jackson ribon