विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समूहको केन्द्रीय कमिटीमा मोरङका १७ जना मनोनित भएका छन् ।
ओलीको समूहमा नरेश पोख्रेल, खड्ग बस्नेत, घनश्याम खतिवडा, गङ्गा डाँगी, युवराज बाँस्कोटा, हरि घिमिरे, सुबोध प्याकुरेल, ऋषिकेश पोखरेल, रामलाल साह, डिपी राई, सत्यनारायण चौधरी, महेश भट्टराई, बाबुराम कार्की, खेम नेपाली, मीना यादव, रामकुमार बस्नेत र मोतिलाल दुगड मनोनित भएका छन् ।