birat ribon

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउँछौं : डा. बाबुराम भट्टराई

Neuro
राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउँछौं : डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारीणी समिति बैठकले संसद् अधिवेशन आव्हान गर्न प्रतिनिधि सभाका सभामखुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जिवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक सुरु गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

cura insider

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा अहिलेपनि जिवित रहने निष्कर्षसहित सभामुखलाई बैठक आव्हान गर्न आग्रह गर्ने निर्णय भएको बताए । सभा विघटनको विरुद्धमा विभिन्न सङ्घर्षका कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

उनले भने, ‘यसको विरुद्धमा हामी सङ्घर्षका सबै रूपहरू अपनाउँछौं । मुख्य रूपमा सडक सङ्घर्षमा हामी जान्छौं । त्यसका निम्ति भोलि ८ गते सबै जिल्ला सदरमुकामहरूमा जुलुस प्रदर्शन गर्ने पहिले नै घोषणा भइसकेको छ । आज नयाँ थप हामीले गरेका छौं । १० गते सबै जिल्ला सदरमुकामहरूमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकामहरूमा र अन्यत्र पनि मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने र अरु ठाउँमा सभा जुलुसहरू गर्ने यो तत्काल पहिलो चरणको कार्यक्रम गर्ने छौं ।’

jackson ribon