birat ribon

बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक लगाउने सरकारको निर्णय

Neuro
बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक लगाउने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मङ्गगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

cura insider

यस्तै निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी सङ्क्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए ।

युरोपियन युनियनले बेलायतसँग सीधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उले बताए । बैठकले १ पुसयता नेपाल आएकाहरूले अनिवार्य रूपमा ७ दिन क्वारेन्टाइन बसी जाँच गरेपछि मात्र घर गन्तव्य जान पनि अनुरोध गरेको छ ।

यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनेले अनिवार्य रूपमा १० दिन होटल क्वारेन्टाइन बसी परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।

jackson ribon