birat ribon

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार, २५ हजार सङ्क्रमण मुक्त

Neuro
प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार, २५ हजार सङ्क्रमण मुक्त

विराटनगर / प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ४८९ पुगेको छ । मंगलबार ६३ जना सङ्क्रमित थपिएसँगै जम्मा सङ्क्रमितको सङ्ख्या २९ हजार ४८९ पुगेको हो ।

cura insider

मंगलबार मोरङमा ३३, सुनसरीमा १८, झापामा ३, उदयपुर र ते¥हथुममा २–२ र प्रदेश १ बाहिर ५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा २३, बुढीगंगामा ४, बेलबारी, कानेपोखरी, रंगेली, धनपालथान, कटहरी र सुनबर्षीमा १–१, सुनसरीको धरानमा ११, इटहरीमा ३, इनरुवा, गढी, दुहवी र रामधुनीमा १–१, झापाको मेचीनगरमा २ र दमकमा १, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ४९५ पुगेको छ । प्रदेशमा हालसम्म २ लाख ५ हजार ५५० जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

jackson ribon