birat ribon

संसद् पुनर्स्थापना गर्न नेकपा मसालको माग

Neuro
संसद् पुनर्स्थापना गर्न नेकपा मसालको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले संसद् पुनर्स्थापनाको माग गरेका छन् ।

मङ्गलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विषय अवैधानिक भएको भन्दै तत्काल पुनर्स्थापना गर्न माग गरेका हुन् ।

cura insider

‘संसद्को जुन विघटन भयो त्यसलाई हामीले विरोध गरेका छौं । हाम्रो माग छ संसद्को पुनर्स्थापना गर्नुपर्छ,’ उनले भने ।

महामन्त्री सिंहले आगामी दिनमा सर्वोच्च अदालतले समेत संसद् विघटनलाई समर्थन गर्छ भनेपनि आफूहरूले सङ्घर्षलाई जारी राख्ने बताए ।

उनले भने, ‘भोलि सर्वोच्चले यो संसदको विघटनलाई समर्थन गर्छ भनेपनि हाम्रो सङ्घर्ष रोकिन्न । हामीले फेरि देशमा बहुदलीय व्यवस्था कायम गर्नको लागि संसदीय प्रणालीलाई मजबुत पार्न, गणतन्त्रलाई सुदृढ पार्नको लागि र त्यसको रक्षाका लागि हाम्रो सङ्घर्ष बढ्दै जान्छ ।’

jackson ribon