Rumpum Advertisement

यो उपायले तीन दिनमा एक किलो तौल घटाउन सकिने

यो उपायले तीन दिनमा एक किलो तौल घटाउन सकिने

विराटनगर । तौल घटाउनु कुनै सजिलो काम मानिँदैन । शरीरको अनावश्यक बोसो तथा तौल घटाउन समर्पण र निरन्तर प्रयासको आवश्यक हुन्छ ।

खराब खाने बानी, जीवनशैली र अन्य धेरै कारणले तौल बढ्नका लागि जिम्मेवार छन् । अत्यधिक तौलले मधुमेह, जोर्नीको दुखाइ, उच्च रक्तचाप र हृदय स्वास्थ्य समस्याहरू निम्त्याउँछ । खानपानदेखि लिएर नियमित व्यायामसम्म सबै कुराको प्रयास गरेर केही साना परिवर्तनले अतिरिक्त तौल घटाउन सकिन्छ ।

यी पाँच सजिलो सुझाव अपनाएर ३ दिनमा १ किलो तौल घटाउन मद्दत गर्छ । सही आहारले मात्र तौल कम गर्न सकिँदैन । शरीरलाई फिट र स्वस्थ राख्न नियमित व्यायामले महत्त्वपूर्ण भूमिका खेल्छ ।

तौल घटाउनका लागि जिम नै जानुपर्छ भन्ने आवश्यक हुँदैन, व्यायामका लागि हिँड्ने, वा केही सामान्य व्यायाम तथा योग गर्न सकिन्छ । तौल कम गर्नका लागि अन्य उपायमध्ये तातो पानी पिउने एक सजिलो उपाय हुन सक्छ ।

तातो पानीले शरीरमा भण्डार गरिएको फ्याटलाई पगाल्न सक्छ, जसले तौल कम गर्न मद्दत गर्छ । तातो पानी पिउँदा शरीरलाई डिटोक्सिफाई गर्न पनि मद्दत हुन्छ । बिहान उठ्नेबित्तिकै एक गिलास तातो पानी पिउनाले मेटाबोलिजमलाई बढावा दिन सक्छ, जुन तौल घटाउने आधारभूतका आवश्यकतामध्ये एक हो ।

त्यस्तै, हरेक दिन तीन कप ग्रिन टि पिउनाले गर्नाले मेटाबोलिजमलाई बढावा दिन सक्छ । एन्टिआक्सीडन्ट्सले भरिएको ग्रिन टिले चाँडै शरीरको बोसोलाई जलाउन मद्दत गर्छ ।

आफ्नो आहारबाट चिनी हटाउनु पनि तौल घटाउने सबैभन्दा छिटो तरिका हो । द्रुत गतिले तौल घटेको हेर्न चाहनेले चिनीको सेवन त्याग्ने वा घटाउने गर्नुपर्छ । चिनीले मेटाबोलिक दरलाई ढिलो गर्छ, जसकारण तौल घटाउन गाह्रो हुन्छ ।

गुलियो खान मनलागेमा चिनीको साटोमा सख्खर र मह जस्तो विकल्प प्रयोग गर्न सकिन्छ । प्रोटिनले पेटलाई भरेको जस्तो अनुभव गराउँछ जसले जङ्क फुड खानबाट रोक्छ । र, अन्ततः तौल घटाउन मद्दत गर्छ ।

एक प्रोटिनयुक्त भोजनले भोकलाई नियन्त्रण गर्न मद्दत गर्छ । शाकाहारी आहार खाने मानिसले प्रोटिन पाउनका लागि राज्मा, दाल, दही र पनिर जस्ता खानाहरू समावेश गर्न सकिन्छ ।