birat ribon

आज पनि उखु किसान आन्दोलनमा

Neuro
आज पनि उखु किसान आन्दोलनमा

काठमाडौं । उखु किसानहरूले आज (मङ्गलबार) पनि काठमाडौंको माइतीघर मण्डालामा प्रदर्शन गरेका छन् ।
चिनी मिलबाट पाउन बाँकी भुक्तानी नपाएको भन्दै उखु किसानहरू १० दिनयता माइतीघर मण्डलामा निरन्तर प्रदर्शन गरिरहेका छन् । किसानहरूले चिनी मिल सञ्चालकहरूबाट करिब ९० करोड रुपैयाँ पाउन बाँकी छ ।

cura insider

गत वर्षको सरकारले उद्योगीहरूबाट भुक्तानी दिलाउन किसान र उद्योगीबीच सम्झौता गराएपनि उक्त सम्झौताअनुसार भुक्तानी नपाएपछि किसानहरू फेरि काठमाडौंको माइतीघर मण्डलामा आएर आन्दोलन गर्न बाध्य भएका हुन् ।

सरकारले किसानको भुक्तानी नदिने उद्योगीहरूलाई कारवाही गर्ने बताएपनि अहिलेसम्म कुनैपनि उद्योगीलाई कारवाही गरेको छैन । किसानहरूले आफ्नो भुक्तानी पाउन पनि सकिरहेका छैनन् ।

उखु किसानहरूले आफूहरूले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

jackson ribon