birat ribon

मङ्गलबार सात सय २२ सङ्क्रमित थपिए

Neuro
मङ्गलबार सात सय २२ सङ्क्रमित थपिए

विराटनगर । नेपालमा मङ्गलबार थप सात सय २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

cura insider

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा सात सय २२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

यससँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख ५५ हजार दुई सय ३६ पुगेको छ । हाल सात हजार सात सय २९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा नौ सय ६६ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४५ हजार सात सय ९ जना निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार सात सय ९८ जनाको मृत्यु भएको छ ।

jackson ribon