birat ribon

क्यासिल्लास रियल मड्रिड फर्किए

Neuro
क्यासिल्लास रियल मड्रिड फर्किए

विराटनगर । स्पेनिस गोलरक्षक इकर क्यासिल्लास पूर्वक्लब रियल मड्रिड फर्किएका छन् । रियल मड्रिडले मङ्गगलबार ३९ वर्षीय क्यासिल्लास नयाँ भूमिकामा सान्टियागो बर्नाबेउ फर्किएको जनाएको छ ।

पूर्वकप्तान क्यासिल्लास नयाँ भूमिकामा रियल मड्रिड फाउन्डेसनमा फर्किएको रियलले घोषणा गरेको हो । लिजेन्ड गोलकिपर क्यासिल्लासले रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजका एक सल्लाहकारका रूपमा काम गर्ने बताइएको छ ।

cura insider

१६ वर्ष रियलबाट खेलेका उनी पेरेजको सहयोगका लागि बर्नाबेउ फर्किएका हुन् । तथापि, यसबारे रियलले आधिकारिक तथा स्पष्ट जानकारी दिएको छैन ।

क्यासिल्लासले १८ फेब्रुअरी २०२० मा सन्यासको घोषणा गरेका थिए । १ मे २०१९ मा अभ्यासको क्रममा हर्ट अट्याक भएपछि उनले यस्तो निर्णय गरेका हुन् ।

jackson ribon