birat ribon

खतिवडा अमेरिकाका लागि राजदूतमा नियुक्त

Neuro
खतिवडा अमेरिकाका लागि राजदूतमा नियुक्त

काठमाडौं । युवराज खतिवडा अमेरिकाका लागि राजदूत पदमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गगलबार पूर्वमन्त्रीसमेत रहेका खतिवडालाई अमेरिकाका लागि राजदूत पदमा नियुक्त गरेकी हुन् ।

cura insider

मन्त्रिपरिषद्को सिफारिस र संसदीय समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले खतिवडालाई अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

jackson ribon