birat ribon

बार्सिलोनालाई भाल्लाडोलिडको चुनौती

Neuro
बार्सिलोनालाई भाल्लाडोलिडको चुनौती

विराटनगर । स्पनिस क्लब बार्सिलोनाले आज राति आफ्नो १४औं खेल खेल्दैछ । नेपाली समयानुसार राति २ः४५ बजेबाट सुरु हुने खेलमा बार्सिलोनाले भाल्लाडोलिडसँग खेल्न लागेको हो ।

भाल्लाडोलिडको मैदानमा हुने सो खेलमा बार्सिलोना शीर्ष क्लबसँगको अंङ्कदूरी घटाउने योजनामा हुनेछ । बार्सिलोना हाल २१ अङ्ककका साथ पाँचौं स्थानमा छ । भाल्लाडोलिड भने १४ अङ्कका साथ रेलिगेशन जोनमा छ ।

cura insider

आज राति नै हुने अर्को खेलमा एथ्लेटिको मड्रिडले रियल सोसिडाडसँग खेल्दैछ । राति १२ः३० बजे हुने सो खेल सोसिडाडको मैदानमा हुनेछ । एथ्लेटिको २९ अङ्कका साथ शीर्ष स्थानमा छ । सोसिडाड भने २६ अङ्कका साथ तेस्रो स्थानमा छ ।

jackson ribon