birat ribon

जाडोमा कोभिड सङ्क्रमितले समावेश गर्नु पर्छ यस्ता खाना

Neuro
जाडोमा कोभिड सङ्क्रमितले समावेश गर्नु पर्छ यस्ता खाना

विराटनगर/कोभिड सङ्क्रमितका लागि के खुवाउने के नखुवाउने सधैँजसोको चिन्ताको विषय रहँदै आएको छ ।

cura insider

झन् जाडोको समयमा पटक–पटक भोक लाग्ने हुन्छ । यस्तो बेलामा शरीरलाई न्यानो राख्ने तथा स्वास्थ्य खानपानमा ध्यान दिनुपर्ने हुन्छ । कुनै पनि सङ्क्रमणबाट बच्न तथा लड्नका लागि शरीरको प्रतिरक्षा प्रणालीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा केही समयको मुखको स्वादका लागि भन्दा पनि स्वस्थ्य खानामा जोड दिनुपर्ने विराटनगरस्थित विराट मेडिकल कलेज र शिक्षण अस्पतालमा कार्यरत आहारविद् तथा पोषण विशेषज्ञ ओमप्रकाश साह बताउँछन् ।

कोभिड सङ्क्रमण भएका मनिसलाई उच्च क्यालरी, प्रोटिन, भिटामिन सी र ई, तथा जिकं, सेलेनियमलगायतका खनिज चाहिने हुँदा यी पोषक तत्वहरू समावेश गरिएका खानाको सेवन गर्न आवश्यक हुन्छ । प्रोटिनका लागि दुध, पनिर, अण्डा, भटमास वा कुखुराको मासुको सेवन गर्ने सकिन्छ ।

भिटामिन र खानिजका लागि भने हाडे बदाम, नट्स, फलफूल समावेश गर्नु पर्छ । यी खानामा प्रशस्त एन्टिअक्सिडेन्ट हुने हुँदा यसले प्रतिरक्षा प्रणालीलाई विकास गर्न र रोगसँग लड्न मद्दत गर्छ । सङ्क्रमितले खाने प्रत्येक छाकमा टमाटर र कागतीलाई समावेश गर्नुपर्छ । कागती, टमाटरलाई खानामा समावेश गर्दा खानाबाट सजिलै भिटामिन सी र आइरन प्राप्त गर्न सकिन्छ ।

जाडोको समयमा पानी चिसो हुने कारण मानिसहरू कम पानी पिउने गर्छन् । शरीरलाई हाइड्रेट राख्नका लागि कम्तिमा पानि दिनको दुईदेखि तीन लिटर पानी पिउनु अनिवार्य हुन्छ । सशरीरमा पानीको कमी हुन नदिन पानीको साथै झोलिलो पदार्थ, सुप, ताजा फल र तरकारीको रस पिउन सकिन्छ । सङ्क्रमितले तातो पानी पिउन उचित हुन्छ ।

सङ्क्रमितले शरीरको तापक्रमभन्दा कम भएका खाना ताथा चिसो पेयपदार्थको सेवन गर्नु हुँदैन । सफ्ट ड्रिङ्क्स, चिया, मिठाइलगायतका चिनी भएको खानेकुराको सेवन गर्नु हुँदैन । चिनीको विकल्पमा सक्खरको प्रयोग गर्न सकिन्छ । साथै परिस्कृत आँटाबाट बनेका खानेकुरा, तेलमा तारेका, भुटेका, रातो मासुलाई खानामा समावेश गर्नु हुँदैन ।

चुरोट तथा रक्सीको सेवनले समस्या थप जटिल बनाउन सक्ने हुँदा यसलाई त्याग्नु नै उचित हुन्छ । विशेषगरी सुगर, प्रेसर, मुटुलगायतको समस्या भएका सङ्क्रमितले अत्यधिक चिल्लो, पिरो, नुनिलो, गुलियो साथै मसालेदार खानेकुराको सेवन गर्नु हुँदैन । विभिन्न स्वास्थ्य समस्या भएका बिरामीले खानपानका साथै, नियमित औषधिको सेवन, व्यायाममा ध्यान दिनुपर्ने हुन्छ ।

वृद्ध अवस्थामामा पाचन प्रणाली पहिलेको तुलनामा कमजोर हुँदै जाने हुँदा वृद्ध सङ्क्रमितले पच्न सजिलो हुने खानेकुराको सेवन गर्नु उचित हुन्छ ।

jackson ribon