birat ribon

गर्भवतीले लिने तनावले भ्रुणको मस्तिष्कको विकासलाई असर गर्छ

Neuro
गर्भवतीले लिने तनावले भ्रुणको मस्तिष्कको विकासलाई असर गर्छ

विराटनगर/महिलाले गर्भावस्थामा महसुस गरेको तनावले गर्भमा रहेको बच्चाको विकासशील दिमागलाई असर गर्न सक्छ ।

cura insider

मेडिकल जर्नल जामा खुला नेटवर्कमा प्रकाशित एक नयाँ अध्ययनले एक गर्भवती आमाको तनावले भ्रुणको मस्तिष्कको विकासलाई असर गर्न सक्ने देखाएको हो । उच्च चिन्ताको स्तर भएका गर्भवती महिलाको भ्रुणमा कार्यकारी र उच्च संज्ञानात्मक कार्यमा संलग्न मस्तिष्क क्षेत्र तथा भावनात्मक र व्यवहार नियन्त्रणमा जडित मस्तिष्कको भागबीच कमजोर सम्बन्ध हुने सम्भावना बढी हुन्छ ।

वासिङ्टन डीसीको चिल्ड्रेन नेसनल डेभलपिङ ब्रेन इन्स्टिच्यूटका निर्देशक तथा अध्ययनकी लेखिका क्याथरिन लिम्पेरोपौलसका अनुसार गर्भावस्थामा महिलामा हुने चिन्ताको विषाक्त तहले भ्रुणको दिमाग र गर्भासयमा सङ्गठित हुने तरिकामा प्रत्यक्ष असर पार्ने देखिन्छ । महामारीको समयमा गर्भवती महिलामा अत्यधिक चिन्ता बढेको पाइएको छ ।

लिम्पेरोपौलसले भने, ‘गर्भवती आमाले अनुभव गरिरहेकी हरेक कुरा गर्भमा रहेको बच्चाले पनि अनुभव गरिरहेको हुन्छ ।’ तनाव गर्भवस्थाको महिना नपुगी समयपूर्व हुने शिशुको जन्मसँग पनि जोडिएको छ । क्लिनिकल अध्ययनहरूले तनावग्रस्त आमाबाट जन्मेको शिशुमा अशक्त मोटर समन्वय, उच्च भावनात्मक प्रतिक्रिया र बोल्न ढिलाइ हुने देखाएको छ ।

तनावले गर्भवती महिलालाई मात्र नभएर बच्चामा लामो समयसम्म असर गर्ने देखिएको हुँदा गर्भावस्थामा मानसिक स्वास्थ्य समस्याहरूमा ध्यान दिन जरुरी रहेको लिम्पेरोपौलसको भनाइ छ ।

jackson ribon