birat ribon

वर्षको अन्तिम खेल : युभेन्टसलाई शीर्ष दुईमा उक्लिने अवसर

Neuro
वर्षको अन्तिम खेल : युभेन्टसलाई शीर्ष दुईमा उक्लिने अवसर

विराटनगर । इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले आज सन् २०२० को अन्तिम खेल खेल्दैछ । नेपाली समयानुसार राति १ः३० बजेबाट सुरु हुने खेलमा युभेन्टसले फिरोरेन्टिनासँग खेल्न लागेको हो ।

cura insider

युभेन्टसको मैदानमा हुने यस खेलमा घरेलु टोलीलाई शीर्ष दुईमा उक्लिने अवसर छ । हाल ऊ २७ अङ्कका साथ तेस्रो स्थानमा छ । १३ खेल खेलेको युभेन्टस आजको खेल जितेमा इन्टर मिलानसँग अङ्क बराबरी गर्दै दोस्रो स्थानमा उक्निेछ ।

युभेन्टसको आजको प्रतिद्वन्द्वी फियोरेन्टिना भने ११ अङ्कका साथ १६औं स्थानमा छ ।

आजको खेलमा युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले आफ्ना पहिलो रोजाइका खेलाडी मैदान उतार्नेछन् । अर्थर मेलो, मेरिह डेमिरल र जर्जियो चेइलिनी भने चोटका कारण हुनेछैनन् । पाउलो डेबाला भने मैदान फर्किने सम्भावना छ । चोटका कारण टोलीबाहिर रहँदै आएका उनी सोमबारबाट प्रशिक्षणमा फर्किएका थिए ।

jackson ribon