birat ribon

रुघाखोकी हटाउनेदेखि लिएर मुटुलाई स्वास्थ राख्न अदुवा चिया

Neuro
रुघाखोकी हटाउनेदेखि लिएर मुटुलाई स्वास्थ राख्न अदुवा चिया

विराटनगर/अदुवामा हुने औषधीय गुणका कारण यसलाई युगौँदेखि प्रयोगमा आएको छ ।

सबैजसो परिकार पकाउनका लागि प्रयोग गरिने अदुवामा एन्टिव्याक्टेरियल र एन्टिइन्फ्लामेटरी गुणहरू हुन्छन् । जाडोको समयमा मानिसहरू अदुवा हालेको बिया पिउन मन पराउँछन् । अदुवा राखेको चिया पिउनु स्वास्थ्यका लागि एकदम फाइदाजनक मानिन्छ । अदुवा हालेको चिया पिउनुका फाइदा यस्ता छन् :

cura insider

गाडीमा हिँड्दा हुने वाकवाकी, बान्ता, रिँगटा तथा चिसो पसिना आउने जस्ता लक्षणलाई अदुवा चियाले शान्त गर्न सक्छ । जिन्जरोल नामक अदुवामा हुने सक्रिय कम्पाउन्डले गर्भावस्था, शल्यक्रिया र केमोथेरापीसम्बन्धी हुने वाकवाकीलाई कम गर्न सक्छ । औषधि नलिन सल्लाह दिइएका गर्भवती महिला र केमोथेरापी गरेका व्यक्तिहका लागि अदुवा चिया उत्तम उपचार मानिन्छ ।

सन् २०१२ मा कोलम्बिया विश्वविद्यालयमा गरिएको एक अध्ययनअनुसार अदुवा चियाले पेट भरेकोजस्तो अनुभूति गराउने हुँदा जङ्क फुड खानबाट रोक्न मद्दत गर्छ । अदुवा चियाले मोटोपन र मोटोपन सम्बन्धित जटिलतालाई कम गर्न सक्छ । नियमित रूपमा अदुवा चियाको सेवनले रगतमा चिनीको स्तर सुधार गरी टाइप २ मधुमेहको जोखिम कम गर्न तथा मधुमेह भएकाको पनि एचबीए १ सी स्तर कम गर्छ ।

अदुवाको चियाको नियमित सेवनले मुटुको स्वास्थ्यमा सुरक्षा प्रभाव पार्छ र रक्तचापलाई पनि कम गर्न सक्छ । तातो अदुवा चियाको सेवनले रगत जम्ने समस्या, छाती पोल्ने समस्या र कोलेस्ट्रोलको स्तर बढ्ने समस्या कम गर्छ । अदुवा चियामा अवस्थित एमिनो एसिड, भिटामिन र खनिजहरूले रक्त सञ्चारमा सुधार गर्छ जसले हृदयसम्बन्धी समस्याको जोखिम कम गर्छ ।

यसले धमनीमा बोसो जम्मा हुन नदिने हुँदा हृदयघात र स्ट्रोकलाई पनि रोक्न मद्दत गर्छ । अदुवा चियालाई प्राकृतिक पेन किलरको रुपमा पनि चिनिन्छ । यसको सेवनले अस्टियोआर्थराइटिस जस्तो दुखाइसमेत कम गर्न सकिने देखिएको थियो । अदुवा चियाले टाउको दुखाइ, घाँटी दुखाइ र माशंपेशीको दुखाइलाई पनि कम गर्न मद्दत गर्छ ।

अदुवामा भइको एन्टिअक्सिडन्टले प्रतिरोध क्षमता बढाउन र तनाव कम गर्न मद्दत गर्छ । अदुवाको पानीको स्टिम इनहेल गर्नाले सामान्य चिसो वा प्रदूषणले गर्दा हुने रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्यालाई पनि हटाउँछ । अदुवाको कडा गन्ध र उपचार गुण मानसिक तनाव कम गर्न प्रभावकारी मानिन्छ । अदुवा चियाको सेवनले मस्तिष्कको कार्य सुधार गरी अल्जाइमर रोगबाट बचाउँछ ।

अदुवाको चिया सेवनले विभिन्न प्रकार क्यान्सर कोषलाई रोक्न मद्दत पु¥याई क्यान्सरबाट जोगाउन सक्छ । अदुवाको चिया पिउँदा माहिनावारीको समयमा हुने पीडाबाट पनि राहत पाउन सकिन्छ । अदुवा चियाको सेवनले लामो समयदेखि भएको अपचको उपचार गर्नसमेत मद्दत गर्छ । लामो समयसम्म खाली पेट बस्नु अपचको एक प्रमुख कारण हो । अदुवा चियाको सेवनले पाचनमा सुधार गर्न र पेट खाली गर्न मद्दत गर्छ ।

jackson ribon