birat ribon

नेकपा विवाद : ओली पक्षको महाधिवेशन अर्काे वर्ष, प्रचण्ड– नेपाल समूहको बैठक बस्दै

Neuro
नेकपा विवाद : ओली पक्षको महाधिवेशन अर्काे वर्ष, प्रचण्ड– नेपाल समूहको बैठक बस्दै

विराटनगर / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको महाधिवेशन २०७८ मङ्सिर २ गते निर्णय गरेको छ ।

cura insider

मङ्गलबार बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समितिले महाधिवेशनको मिति तय गरेको हो ।

प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा राखेर महाधिवेशनको मिति तय गरेका हुन् ।

ओलीले हाल रहेको केन्द्रीय कमिटीमा पाँच सय ५६ जना थपेर महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेका छन् ।

बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । माधवकुमार नेपाल र प्रचण्ड पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

jackson ribon