birat ribon

नयाँ भाइरसको प्रकारलाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढ्दो

Neuro
नयाँ भाइरसको प्रकारलाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढ्दो

विराटनगर/बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ ।

cura insider

नयाँ प्रकारको भाइरस रोक्ने प्रयासमा अहिलेसम्म भारत, इरान, क्यानडा लगायत ४० भन्दा धेरै देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका छन् । यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले त्यसको जोखिमको सन्दर्भबारे ध्यान दिन लगाएको छ ।

डब्ल्यूएचओका आपतकालीन मामिला प्रमुख माइक रायनले भाइरसको नयाँ प्रकार महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भएको भन्दै त्यो नियन्त्रण बाहिर नरहेको बताएकी छिन् । कोरोना भाइरसको नयाँ प्रकार पहिलाको तुलनामा सङ्क्रामक छ । तर, थप घातक रहेको प्रमाण भने फेला परिसकेको छैन ।

सङ्क्रमणको गति नियन्त्रण गर्न ब्रिटिस सरकारले राजधानी तथा वरपरका क्षेत्रमा कडा लकडाउन गरिसकेको छ । बेलायतसँगै डेनमार्क, अस्ट्रेलिया, इटाली र नेदरल्यान्ड्समा पनि नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण देखा पर्न थालेको छ ।

jackson ribon