काठमाडौँ/स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला ९४ हजार नौ सयमा कारोबार हुने गरी तोकिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार दुई सयमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार चार सयमा कारोबार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोला ९४ हजार सात सयमा सोमबार कारोबार भएको थियो ।
यसैगरी चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको छ । प्रतितोला एक हजार तीन सय २० मा सोमबार कारोबार भएको चाँदी आज भने प्रतितोला एक हजार तीन सय १५ मा कारोबार हुने गरी तोकिएको छ ।