birat ribon

बाइडेनले लगाए खोप, भने– खोप लगाउनु सुरक्षित छ

Neuro
बाइडेनले लगाए खोप, भने– खोप लगाउनु सुरक्षित छ

विराटनगर/अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

cura insider

बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोपको पहिलो डोज लगाएका हुन् । भाइरसविरुद्धको खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश प्रवाह गर्नका लागि आफूले खोप लगाएको बाइडेनको भनाइ छ । डेलवरको नेवार्कबाट टिभीमा प्रत्यक्ष प्रसारणको क्रममा खोप लगाएका बाइडेनले खोपलाई लिएर चिन्ता गर्नु नपर्ने बताएका हुन् ।

बाइडेनकी श्रीमती डा. जिल बाइडेनले पनि एक दिन अगाडि फाइजर–बायोएनटेकको खोप लगाएकी थिइन् । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका श्रीमान् डग एमहोफले पनि आउँदो हप्ता खोपको पहिलो डोज लिने बताइएको छ । बीबीसीमा उल्लेख गरेअनुसार अमेरिकामा अहिलेसम्म पाँच लाखभन्दा धेरैले खोप लगाइसकेका छन् ।

बाइडेनको टोलीले व्हाइट हाउसमा प्रशासनको पहिलो एक सय दिनको अवधिमा अमेरिकामा दस करोडलाई कोभिड खोप लगाउने लक्ष्य राखेको छ ।

jackson ribon