birat ribon

अत्यधिक निद्राले स्वास्थमा जोखिम निम्त्याउँछ

Neuro
अत्यधिक निद्राले स्वास्थमा जोखिम निम्त्याउँछ

विराटनगर/प्रायः थोरै निद्राका कारण विभिन्न स्वास्थ्य समस्या हुने बुझिन्छ ।

cura insider

तर, धेरै समय निदाउँदा पनि स्वास्थ्यमा केही समस्याको जोखिम देखा पर्न सक्छ । निद्राको समयमा शरीर आफैँ मर्मत हुने, आफैँमा पुनस्र्थापना गर्ने हुन्छ । जसकारण थोरै समय मात्र आराम गर्दा स्वास्थ्य समस्या निम्त्याउन सक्छ । विभिन्न निद्रासम्बन्धी गरिएका थप प्रमाणका अनुसार ओछ्यानमा अत्यधिक समय खर्च गर्नु स्वास्थ्य जोखिमसँग पनि जोडिएको छ ।

अधिक निद्रा लाग्नुले केही खास जोखिम कारकहरूलाई प्रत्यक्ष प्रभाव पार्छ जस्तो देखिन्छ भने अन्य केही अवस्थामा अत्यधिक सुत्नु विभिन्न रोगको लक्षण पनि हुन सक्छ । सप्ताहन्तमा कहिलेकाहीँ अलि धेरै सुत्नाले ठूलो समस्या भने निम्त्याउने गर्दैन । तर, नियमित रूपमा हरेक रात नौ घण्टाभन्दा वा सोभन्दा बढी सुत्नाले स्वास्थ्यामा विभिन्न समस्या हुने हुन्छ ।

अत्यधिक सुत्दा थकान, संज्ञानात्मक कमजोरी, अल्जाइमरको समस्या, स्मरण शक्ति कमजोर हुने, डिप्रेसन, सुन्निने समस्या (इन्फ्लामेसन), अत्यधिक पीडा हुने, प्रजनन क्षमतामा कमजोरी, मोटोपनाको उच्च जोखिम, मधुमेहको उच्च जोखिम, हृदय रोगको उच्च जोखिम, स्ट्रोकको उच्च जोखिम र अन्य सबै कारणले हुने मृत्युदरमा वृद्धि हुने हुन्छ ।

प्रायः १८ देखि ६४ वर्षबीचको वयस्कहरूका लागि सातदेखि नौ घण्टाको सुताइ सामान्य र स्वस्थ्य मानिन्छ ।

jackson ribon