birat ribon

एकताको अढाई वर्षपछि फुट्दै नेकपा, दुवै पक्षको केन्द्रीय कमिटीको बैठक आज

Neuro
एकताको अढाई वर्षपछि फुट्दै नेकपा, दुवै पक्षको केन्द्रीय कमिटीको बैठक आज

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा फुटेको औपचारिक घोषणा हुन बाकीँ छ । मंगलबार बेग्लाबेग्लै स्थान र समयमा दुवै पक्षाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । दुवै पक्षकाे बैठकले एक अर्कालाई कारवाही गर्दै नेकपा फुटेको घोषणा हुने सम्भावना छ ।

२०७५ साल जेठ ३ गते पार्टी एकताको ऐतिहासिक घोषणा गरेका तत्कालिन माओवादी र एमाले एकताको अढाई वर्षपछि विभाजनको मुखमा पुगेका हुन् । तर याे फुट पुरानाे पार्टीकाे अवस्थामा छैन् । नेकपा अध्यक्ष ओली पक्ष र अर्का अध्यक्ष प्रचण्ड-माधव नेपाल पक्ष फुटकाे संघारमा छ्न् ।

cura insider

आन्तरिक विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेपछि नेकपा फुटको संघारमा पुगेको हाे । सोमबार दुई पक्षले आ–आफ्नो पक्षका संघीय सांसदको भेला गरे । मंगलबार समानान्तर केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटीको बैठकबाट मंगलबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । प्रधानमन्त्री ओली पक्षले सोमबार आफू निकट सांसद्को भेला पछि मंगलबार केन्द्रीय कमिटीको बैठक बोलाएका थिए ।

नेकपामा ४४१ जनाको केन्द्रीय कमिटी छ । प्रचण्ड– माधव पक्षले केन्द्रीय कमिटीमा आफ्नो दुईतिहाई बहुमत रहेको दाबी गर्दै आएको छ । सो पक्षले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित कार्की बैंङ्क्वेटमा बैठक बोलाएको छ । ओलीले भने बालुवाटारमा नै बैठक बोलाएका छन् ।

मंगलबार दुबै पक्षको केन्द्रीय कमिटीले फुटलाई औपचारिकता दिने सम्भावना छ । बैठकबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकअर्कामाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारीमा छन् ।

अध्यक्ष दाहाललाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै विघटित प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव गरेको प्रचण्ड समूहले अध्यक्ष ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारीमा छ । प्रधानमन्त्री ओली पक्ष पनि प्रचण्ड र नेपाललाई कारवाही गर्ने तयारीमा रहेकाे नेताहरू बताउँछन् ।

jackson ribon