birat ribon

एक अर्ब ६ करोड भ्रष्टाचारको फाइल तामेलीमा राखेर राईलाई अख्तियार प्रमुखमा सिफारिस

Neuro
एक अर्ब ६ करोड भ्रष्टाचारको फाइल तामेलीमा राखेर राईलाई अख्तियार प्रमुखमा सिफारिस

विराटनगर / आयल निगमको जग्गा खरिद प्रकणमा मुछिएका प्रेमकुमार राई जोडिको फाइल तामेलीमा सरकारले अख्तीयारको प्रमुख आयुक्तमा सिफारिस गरेको छ । राई आयल निगमको जग्गा खरिद प्रकरणमा सम्बन्धी एक अर्ब ६ करोड भ्रष्ट्रचार मुद्दामा जोडिएका छन् । खरिद प्रकरणको फाइल अख्तियारमा छ । तर फाइल नै तामेलीमा राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेका हुन् ।

cura insider

आर्थिक वर्ष ०७३-७४ को सरकारको नीति तथा कार्यक्रममार्फत सातवटै प्रदेशमा गरी कम्तीमा ९० दिनको माग धान्न सक्ने भण्डारण वृद्धि गर्ने घोषणा भएको थियो । पेट्रोलियम पदार्थ भण्डारण गर्न सक्ने गरी सरकारी जग्गा प्रयोग गर्न संसद्को वाणिज्य तथा उपभोक्ता सम्बन्ध समितिले निर्देशन दिएको थियो । तर, आयल निगमका तत्कालीन अध्यक्ष प्रेम राई र महाप्रबन्धक गोपाल खड्काले निजी जग्गा किन्ने प्रक्रिया अघि बढाएका थिए ।

खड्काको नेतृत्वमा झापा, सर्लाही, चितवन र भैरहवामा कुल ७६ बिघा १४ कट्ठा निजी जग्गा खरिद भएको थियो । तर, निजी जग्गा खरिद गर्दा पनि जग्गाधनी किसानसँग होइन, बीचमा बिचौलिया खडा गरेर भ्रष्टाचार गरिएको हो ।

यसरी कुल दुई अर्ब ३३ करोड ४० लाखको खरिदमा एक अर्ब ६ करोड भ्रष्टाचार भएको थियो । जग्गावाल किसानको हातमा परेकोभन्दा आयल निगमले तेब्बरसम्म बढी रकम तिरेको तत्कालीन संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको ठहर छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

jackson ribon