Rumpum Advertisement

नेकपा अब दुई टुक्रा, आज छुट्टा छुट्टै बैठक

नेकपा अब दुई टुक्रा, आज छुट्टा छुट्टै बैठक

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्भवत आजबाट फुट्दैछ । आन्तरिक विवादका कारण पार्टी फुटको सङ्घारमा पुगेको हो । आज दुवै समूहले छुट्टा छुट्टै बैठक बोलाएका छन् ।

नेकपा केन्द्रीय कार्यालयमा दुई जना सचिव छन्, ईश्वरी रिजाल र श्रीराम ढकाल । दुवै जना केन्द्रीय सदस्य पनि हुन् । पूर्वएमालेका रिजाल नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् भने ढकाल अर्का अध्यक्ष दाहाल निकटस्थ हुन् ।

नेकपा एकीकरणयता पार्टी कार्यालयबाट जारी हुने सम्पूर्ण सूचनामा दुवैको नाम सँगैसँगै आउने गर्थ्यो ।सोमबार भने सबै केन्द्रीय सदस्यले रिजाल र ढकालका नाममा छुट्टाछुट्टै ‘म्यासेज’ पाए । पार्टी केन्द्रीय कमिटी बैठकको जानकारी दिइएको एउटै व्यहोराका दुइटा म्यासेजमा स्थान र समय फरक छ ।

रिजालले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारका लागि बैठकको निम्तो दिएका छन् भने ढकालले दिउँसो १ बजे कार्की ब्याङ्क्वेट बबरमहलमा उपस्थिति हुन अनुरोध गरेका छन् । यसरी आएको छुट्टाछुट्टै निम्तोलाई केन्द्रीय सदस्यहरूले पार्टी विभाजनको औपचारिक आह्वानका रूपमा बुझेका छन्  । आजको कान्तिपुर दैनिकमा समाचार छ ।