Rumpum Advertisement

कोरोना सङ्क्रमणबाट १७ लाखको मृत्यु

कोरोना सङ्क्रमणबाट १७ लाखको मृत्यु

विराटनगर । कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १७ लाख ८ हजार पुगेको छ । चीनको वुहान सहर हुँदै २०१९ डिसेम्बरबाट विश्वभर फैलिएको कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १७ लाख ८ हजार पुगेको हो ।

पछिल्लो २४ घण्टामा थप आठ हजार आठ सयको मृत्यु भएको छ ।

वोल्डोमिटरको तथ्याङ्क अनुसार सबैभन्दा बढी अमेरिकामा तीन लाख २६ हजारको मृत्यु भएको छ । भारतमा एक लाख ४६ हजार, ब्राजिलमा एक लाख ८७ हजार, मेक्सिकोमा एक लाख १८ हजारको मृत्यु भएको छ ।

रुसमा ५१ हजार, फ्रान्समा ६० हजार , बेलायतमा ६७ हजार, स्पेनमा ४९ हजार, अर्जेन्टिनामा ४१ हजार जर्मनीमा २७ हजारको मृत्यु भइसकेको छ ।

वोल्डोमिटरको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख ३४ हजार कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै सङ्क्रमितको सङ्ख्या सात करोड ७७ लाख ६ हजार पुगेको छ । ती मध्ये पाँच करोड ४५ लाख ७८ हजार सङ्क्रमण मुक्त भएका छन् ।